जिवनभर स्वस्थ्य रहनुछ : अपनाउनुस यी ७ अचुक उपाय

आफ्नो स्वास्थ्यप्रति ध्यान नदिदा ठुला ठुला जोखिमहरु मोलिरहेका हुन्छौ । स्वस्थ्य र निरोगी जीवनका लागि हामीले त्यही कुरा त्याग्नुपर्छ, जसलाई अहिलेसम्म अंगाल्यौ ।

१. खानामा सन्तुलन

खाना नै शरीरका लागि सम्पूर्ण पौष्टिक तत्वको स्रोत हुन् । जस्तो खान्छौं, हाम्रो स्वस्थ्य त्यस्तै हुन्छ । त्यसैले पोषणयुक्त, सन्तुलित र सुपाच्य खानेकुरा शरीरको आवश्यक्ता हो । जिब्रोलाई प्राथमिकता दिएर शरीरलाई रोगी बनाउनु हुँदैन ।

त्यस्ता खानालाई पूर्णत बन्देज गर्नुपर्छ, जो स्वस्थ्यका लागि हीतकर छैन । अस्वस्थ्यकर खाना हामीलाई मिठो लाग्छ । जिब्रोको चक्करमा परेर हामी खराब खानपान गर्न पुग्छौ । यस्तो बानीलाई त्याग्नुपर्छ

२. दिनचर्या सन्तुलित राखौ

हामी दिनभर के गर्छौ, कसरी गर्छौ, यसले पनि स्वास्थ्यमा प्रभाव पार्छ । हामी आफुलाई मनलाग्दो ढंगले दिनचर्या व्यतित गरिरहेका हुन्छौ । जतिबेला सुत्न मन लाग्यो, सुत्यो । जतिबेला उठ्न मन लाग्यो, उठ्यो । हामी कति अनुशासनहिन छौ रु

खासमा निरोगी जीवन विताउने हो भने दिनचर्या सन्तुलित र अनुशासित हुनुपर्छ । एउटा निश्चित तालिका अनुसार सुत्ने, उठ्ने, खाने, व्यायाम गर्ने, नुहाउने आदि गर्नुपर्छ । किनभने शरीरलाई सन्तुलित ढंगले डोहोर्‍याउनुपर्छ ।

दिनभर सक्रिय रहने । सकारात्मक रहने । शारीरिक क्रियालाई जोड दिने । एकै स्थानमा लामो समय नबस्ने । सही समयमा खानेकुरा खाने जस्ता गतिविधिले शरीरलाई निरोगी बनाउँछ ।

विहान चाडै उठ्नु र राती चाडै सुत्नु राम्रो मानिन्छ । स्वस्थ्य रहनका लागि हरेक दिन सूर्योदयअघि उठ्नुपर्छ । सूर्योदयको दृश्य हेर्नुपर्छ । राती खाना खानसाथ सुत्नु हुँदैन । खाना खाएको दुई वा तीन घण्टापछि मात्र सुत्नुपर्छ ।

३. ऋतुचार्यको नजरअन्दाज नगरौ

ऋतुचार्यको अर्थ ऋतु अनुसार जीवनलाई डोहोर्‍याउनु हो । अर्थात प्राकृतिक परिवर्तनलाई आत्मसात गर्नुपर्छ ।

प्रकृतिले हामीलाई यस्तो सन्देश दिइरहेको हुन्छ कि हामीले प्रकृतिको हिसाब अनुसार आफु स्वय्मलाई परिवर्तन गर्नुपर्छ । जाडो, गर्मी, झरी प्रकृतिमा जब ऋतु परिवर्तन हुन्छ, तब हामी स्वयम् परिवर्तनका लागि तयार हुनुपर्छ ।

जसरी ऋतु बदलिएसँग प्रकृतिमा बदलाव देखिन्छ, त्यही अनुसार हाम्रो खानपान, रहनसहन, दिनचर्या, योगासनमा परिवर्तन ल्याउनुपर्छ । प्रकृतिले हरेक ऋतु अनुसार फल, सब्जी, खानेकुरा बनाएको छ । कुनै अन्य ऋतुमा उत्पादन हुने खानेकुरा अर्को ऋतुमा खानुहुँदैन ।

त्यसैगरी स्टोरेज गरिएको, बेमौसमी खानेकुरा पनि शरीर मैत्र हिुँदैन ।

४. योगासन अपनाएर स्वस्थ जीवन

आज योगाले हाम्रो जीवनमा एक प्रमुख योगदान दिइरहेको छ । योग गर्नु आज हाम्रो जीवनको अंग बनेको छ । योग त्यस्तो व्यवस्थित शारीरिक कर्म हो, जसले शरीरलाई स्फूर्ति र निरोगी राख्छ । साथसाथै मनलाई सकारात्मक र शान्त पनि ।

ऋतुचार्य अनुसार नै योगासन र मुद्राको अभ्यास गर्नुपर्छ । योगासँग मुद्राको अभ्यासले पनि राम्रो गर्छ । स्वास्थ्यका लागि मुद्राको अभ्यास पनि एकदम जरुरी छ । जस्तो प्राण मुद्रा, पृथ्वी मुद्रा, वायु मुद्रा, हृदय मुद्रा, सूर्य मुद्रा ।

५. सकारात्मक सोच

मन र शरीरको सम्बन्ध आपसमा जोडिएको हुन्छ । मनको अवस्थाले स्थुल शरीरमा असर गर्छ । जस्तो हामी डराएको छौं । डर एक भावनात्मक अवस्था हो । डराउनु भनेको मनमा भय पैदा हुनु हो । तर यसको असर शरीरमा पर्छ । हाम्रो शरीर काप्न थाल्छ ।

एवं हिसाबले मनको कुनैपनि अवस्थाले शरीरलाई सोझो प्रभाव पारिरहेको हुन्छ । त्यसैले त मन जति प्रफुल्ल, जति सकारात्मक, जति शान्त हुन्छ, शरीर पनि उत्तिकै राम्रो हुन्छ ।

सकारात्मक सोंचका लागि शारीरिक क्रिया पनि गर्न सकिन्छ । प्राणायम विधी, भ्रमरी जस्ता अभ्यासले मनमा सकारात्मक भाव पैदा हुन्छ । बेलाबखत लामो सास लिने र छाड्ने अभ्यासले पनि मनलाई शान्त तुल्याउँछ ।

६. खुलेर हाँस्ने प्रयास गरौ

हाँस्नका लागि खर्च गर्नुपर्दैन । न बल नै खर्च हुन्छ, न पैसा । हाँस्ने कुरा हामीबाट स्वतस्फूर्त प्रकट हुन्छ ।

हाँस्नु आफैमा प्राकृतिक उपचार हो । जब हामी मन खोलेर हाँस्छौं, त्यसले शरीर र मनलाई आनन्दित तुल्याउँछ । शरीरका भित्री अंगहरुको कार्य संचालनलाई सुचारु गराउँछ ।

गंभीर रहने, भावुक हुने, चिन्तित हुने जस्ता कुराले शरीरलाई पनि हानी गर्छ ।

हाँस्नु भनेको आफुलाई खुसी तुल्याउनु मात्र होइन, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु पनि हो । खुलेर हाँस्ने बानीले पाचन यन्त्रलगायत शरीरका भित्री अंगहरुमा प्रत्यक्ष प्रभाव पार्छ ।

७. तन र मन सन्तुलित राखौ

सन्तुलित आहार, आसन व्यायाम र अन्य तरिका अपनाएर मात्र पूर्ण रुपमा निरोगी जीवन पाइदैन । मन र शरीरलाई पनि तपाईंले आनन्दित तुल्याउनुपर्छ । साथै राम्रो स्वास्थ्इका लागि शारीरिक र मानसिक श्रम पनि आवश्यक छ । किनभने बिना शारीरिक श्रम स्वास्थ्य राम्रो हुन्दैन । त्यस्तै मानसिक रुपले पनि क्रियाशिल हुनुपर्छ । सक्रिय हुनुपर्छ । तन र मन नै स्वस्थ्य राख्नुपर्छ ।