प्रतिबन्धित नेकपा बिप्लब समूहका कोशी ब्युरो संयोजक श्रेष्ठ पक्राउ


काठमाडौँ/प्रतिबन्धित नेपपाका कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर)लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठलाई आइतबार राति पूर्वी क्षेत्रबाट पक्राउ गरेको हो । स्रोतका अनुसार प्रहरीले उनलाई आजै सार्वजनिक गर्ने तयारी गरेको छ।
बिगतको जनयुद्धमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए।उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन।
सरकारले प्रतिबन्ध लगाएसँगै नेकपा बिप्लब समूहका नेता कार्यकर्तामाथि प्रहरीले धरपकड तथा निगरानी बढाएको छ। शुक्रबार राति काभ्रेबाट प्रतिबन्धित नेपपानेक्रवित्रmम चन्द बिप्लवसमूहका मध्य क्षेत्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित नौ जनालाई पक्राउ गरेसँगै अन्य उच्च नेताहरूमाथि निगरानी बढाएको छ ।
राजधानीसहित देशका विभिन्न भागमा भएका विस्फोटका घटनाको अनुसन्धान गरिरहेको प्रहरीले प्रतिबन्धित नेपपा बिप्लब समूहका गतिविधिको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

sahid diwas