कपालको लागि बरदान साबित : ‘भिण्डी’
यसरी घामले डडेको छालालाई पनि पर्छ ‘चमकदार गोरो’
एजेन्सी/हामीले तरकारीको रुपमा प्रयोग गर्ने भिंडिले छाला र कपालसम्बन्धि धेरै समस्याबाट छुट्कारा दिलाउँछ । जस्तैस् ड्राई स्किन , स्किन इन्फेक्शन, कालो छाला, डेंड्रफ आदि । भिंडिको प्रयोगबाट जवान देख्न सक्ने ८ ब्युटि टिप्सहरु यसप्रकार छन् ।
सुन्दर कपालको लागिः
१। कपालको चांया हटाउन : सबैभन्दा पहिला भिंडिलाई सानो गरि काट्नुहोस् । त्यसपछि उमालेको पानीमा हाल्नुहोस् । चिसो भईसकेपछि पानीलाई छानेर आधा कागतीको रस मिसाउनुहोस् र शैंपु लगाईसकेपछि अन्तमा यस पानीले कपाल पखाल्नुहोस् । भिंडिमा प्रोटिन पाईन्छ । र यस्ले टाउकोमा ब्लड सर्कुलेशनलाई बढाउँछ । जस्ले कपाल बढाउन, चांया हटाउन , कपाललाई टल्काउन मद्धत गर्छ ।
२। स्कैल्प मोइस्चराइजर : ८ वटा भिंडिलाई थोरै पानीमा उमाल्नुहोस् । हल्का गाढा च्यापच्याप गर्नै तरल पदार्थ बनिसकेपछि छानेर अलग राख्नुहोस् । र त्यसमा बासनाको लागि आफूलाई मनपर्नै तेल मिसाउनुहोस्
र नुहाइसकेपछि यस पानीले पखाल्नुहोस् । यसबाट तपाइँको कपाल नरम, शिल्क र टल्किने देखिनेछ । यदि २–४ दिन सम्म भण्डार गर्नुहुन्छ , भने डिस्टिल वाटरमा यसलाई बनाई फ्रिजमा राख्नुहोस् । यसको प्रयोग हरेक किसीमको कपाललाई सुहाउँछ । ड्राई , कर्ली कपालको लागि यस्ले धेरै राम्रो मोइस्चराइजरको रुपमा काम गर्छ । यसले डैंड्रफ र स्कैल्पको चिलाउने समस्याको पनि निराकरण गर्छ ।
३। हेयर कन्डिशनर: माथि तयार गरिएको भिंडिको पानीमा कागती नमिसाइकन नुहाईसकेपछि कपालमा लगाई मसाज गर्नुहोस् । २ मिनेट राखि सफा पानीले कपाल पखाल्नुहोस् ।
४। टल्किने कपाल: राति दुई कप भिंडिलाई काटेर दुई कप पानीमा १५ मिनेट उमाल्नुहोस् । त्यस पानीलाई छानेर १० मिनेट सेलाउन दिनुहोस् । र अर्कौ भांडामा राखी रातभरीको लागि छोड्नुहोस् । बिहान यस्लाई कंडिशनरको रुपमा प्रयोग गर्नुहोस्
सुन्दर छालाको लागि:
एउटा भिंडिलाई काटेर सफा पानीमा आधि घण्टा भिजाएर राख्नुहोस् । यसलाई कपासको मद्धतले अनुहारमा लगाउनुहोस् र सुकाउनुहोस । अनि सफा पानीले मुख धुनुहोस् । भिंडिमा एन्टिब्याक्टेरियल , एन्टिफ्लामेटरी र रीहाइड्रेटिंग आदि पाईन्छ । जस्ले ड्राई स्किन र कुनैपनि स्किन ईन्फेक्शनको समस्या हटाउन मद्धत गर्छ । छाला चिलाउने समस्या हटाउन पनि यस्ले मद्धत गर्छ । भिंडिमा भिटामिन ‘सी’ र ‘इ’ पनि पाईन्छ । जस्ले छालाको दागहरु हटाउँछ । र घामबाट कालो भएको छालालाई गोरो बनाउँछ आकर्षक छालाको लागिस् आधा कचौरा पानीलाई उमाली २–३ भिंडि र आधा चम्चा जीरा हाल्नुहोस् । र ८–१० हरियो धनियाँ हाली उमाल्नुहोस् । त्यसपछि छानेर चिसो हुन दिई ३–४ दिनसम्म फ्रिजमा राख्नुहोस् । यसलाई अनुहार , हात र खुट्टामा लगाई एक घण्टासम्म त्यसै छोड्नुहोस् । अब काक्रोंको जुसलाई अनुहारमा लगाई ५ मिनेट छोड्नुहोस् । अनि सफा पानीले मुख धुनुहोस् । गोरो छालाको लागि हप्तामा दुईचोटि प्रयोग गर्नुहोस् ।
फेसपेक:कन्डिसनर बनाएर बाँकी भएको भिंडिलाई पिसेर पेस्ट बनाई अनुहारमा लगाउनुहोस् । १५ – २० मिनेट लगाई सफा पानीले मुख धुनुहोस् ।
सन्दर खुट्टाको लागि:
कच्चा भिंडिको पेस्ट खुट्टामा राम्ररी लगाई मसाज गर्नुहोस् । र सुकेपछि सफा पानीले धुनुहोस् । यसबाट तपाइँको खुट्टा सुन्दर देखिने छ ।
नोटस् माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र९पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।