भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख बिचको जुहारीले बिकास अबरुद्ध हुने संकेत

उपप्रमुख प्रतिपक्ष नहुने प्रमुख दाहालको स्पष्टोक्ती, प्रमुखले समन्वय नगरेको उपप्रमुखको आरोप !

सुर्य बराल । चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीे बिचको जुहारी बढदैं गएको छ । प्रमुख उपप्रमुखको जुहारीले महानगरको बिकास निर्माण प्रक्रिया अबरुद्ध हुने संकेत देखिएको हो । उपप्रमुख पार्वती शाह ठकुरीले आफ्ना असन्तुष्टि पत्रकार सम्मेलन मार्फत नैं सार्वजनिक गरेसँगै विवाद सतहमा आएको हो ।
गत मंगलबार उपप्रमुख शाहसहित नेपाली कांग्रेसबाट निर्वा्चित जनप्रतिनिधिले २५औँ कार्यपालिकाको बैठक बहिष्कार गरेर सञ्चारमाध्यममार्फत असन्तुष्टि सार्वजनिक गरेपछि विवाद बढदै गएको हो । सो बिबादको कारण बिकास निर्माणको योजना नै अलपत्र पर्ने खतरा उत्पन्न भएको छ । महानगरमा भरर्खरै विकासले गति लिन शुरु गरेको अवस्थामा मेयर र उपमेयरबिचको बिबादले महानगरबासीहरु दुःखित र चिन्तित बनेका छन् ।
भरतपुरमा रिङ्गरोड, सिटीहल, गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला लगायत ठूला र निक्कै महत्त्वकांक्षी आयोजनाहरू अघि बढाउदै गरेको बखतमा प्रमुख र उपप्रमुखको जुहारीले कतै भरखर शुरु हुन् लागेको बिकास निर्माण अबरुद्ध हुने त् होईन भनि महानगरबासीहरुले चिन्ता ब्यक्त गरेका हुन् । महानगरमा आदा दर्जन ठुला आयोजनाको अलवा शिक्षा, स्वास्थ्य, पर्यटन, सडक पूर्वाधारलगायतका क्षेत्रको काम पनि द्रुत गतिमा अगाडी बढ्दै गरेको छ । मेयर उपमेयरको बिवाद बढदैं जाँदा महानगरले थालनी गरेको बिकास र समृद्धिको यात्रा नै कता रोकिने त् होईन भन्दै सरोकारवालाले चिन्ता समेत ब्यक्त गरेका छन् ।
उपमेयर शाहको आरोप,
उपप्रमुख पार्बती शाहले आफुलाई कर्मचारीले नटेरेको, प्रमुखले पेलेर जाने गरेको लगाएतका महानगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतमाथी एक दर्जन आरोप लगाएकी छन् ।
शाहले महानगर प्रमुखले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्यामा मेयर मुकर्दशक बसेको बताएकी छन् । उनले भनिन, “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’जस्ता शब्द प्रयोग गर्ने गरिएको छ ।”
महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको शाहको आरोप छ । त्यस्तै स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त उपलब्ध नगराएको उपप्रमुख ठकुरीको गुनासो छ ।
उनले मेयर रेणु दाहालमाथि ठूलो आर्थिक अनियमितता गरेको आरोप लगाएकी छन् । उपमेयर पार्वती शाहले मेयर रेणुले लेखा समिति गठन नगरी आर्थिक अनियमितता गरेको आरोप लगाएकी हुन्। मंगलबार नेपाल प्रेस युनियनको केन्द्रिय कार्यालय, थापागाउँमा पत्रकार सम्मेलन गरी उपमेयर शाहले मेयर दाहालले महत्वपूर्ण समिति एकलौटी ढंगले गठन गरेको, विचार र आस्थाका आधारमा कर्मचारीलाई समेत दुःख दिने र धम्की दिने गरेको पनि बताइन्। उनले राति ९ बजे सरकारी गाडी मुग्लिन पारी र्पुयाएर आबुँ खैरहनी नजिक नदीमा खसालिएको र अहिलेसम्म गाडी कहाँ छ भनेर थाहा नभएको बताइन् । ‘राति ९ बजे महानगरबाट गाडी किन र के प्रायोजनले निकालिएको हो र किन गाडी नदीमा खसालिएको हो । अहिले त्यो गाडी किन झिकिएको छैन,’उनले भनिन,‘गाडी दुर्घटनाग्रस्त भएको भनेर ठूलो आर्थिक अनियमितता गरिएको छ ।’
मेयर दाहालको खण्डन
यता, महानगरकी प्रमुख रेणु दाहालले भने उपमेयरको आरोपमा कुनै सत्यता नभएको भन्दै बिकास निर्माणका काम दु्रत गतिमा अगाडी बढीरहेको समयमा उपमेयरले अनावश्यक किचलो खडा गर्ने काम गरेको भन्दै दुःख ब्यक्त गरिन । उपमेयर कार्यालयमा नबस्ने, बैठक नै बहिस्कार गर्ने, योजना निर्माणको काममा नबस्ने, आफ्नो काममा रुची नदेखाउने अनि बाहिर बाहिर पत्रकार सम्मेलन गर्दै हिड्नुले पनि बास्तबिक्ता बुझ्न सकिन्छ भन्दै मेयर दाहालले उपमेयरलाई आफुले सहयोग गरिरहेको तर पछिल्लो समय उहाँले प्रतिपक्षको जस्तो भुमिका खेल्न खोजेको आफुले महशुस गरेको बताईन् । मेयर दाहालले यस अघि नै मेयर पक्ष र उपमेयर प्रतिपक्ष हुन नसक्ने स्पष्ट पारिसकेकी छन् ।
बिबादको चुरो कुरा के हो त् ?
सुविधा विवाद
महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीलेले यस अघि नै सार्बजनिक गरे अनुसार आफ्नै घर हुदाँहुदै पनि घरभाडा पाउन उपमेयरले गरेको आग्रह आफूले इन्कार गरेपछि उपप्रमुख रुष्ट बनेको बताएका छन् । उनले भने, ‘समन्वय गर्ने ठाउँमा गरेकै छु, उहाँले मिडियामा ममाथि विभिन्न किसिमका आरोप लगाउनु भएछ, तर त्यस्तो केही भएको छैन ।’ भरतपुर महानगरपालिकाका प्रमुख दाहालको मासिक पारिश्रमिक ४२ हजार रुपैयाँ छ । त्यसबाहेक उनलाई सवारी साधन, इन्धन र घर भाडाको लगाएतका सुविधा पनि छ । वडा नम्बर १० मा महानगरले मासिक ३३ हजार ६०० रुपैयाँमा प्रमुख दाहालका लागि घर भाडामा लिएको छ ।
इन्धनबापत प्रमुख दाहालले गत असोजमा १४ हजार, कात्तिकमा १९ हजार र मंसिरमा १२ हजार रुपैयाँ लिएको देखिन्छ । तीन महिनाको अवधिमा प्रमुख दाहालले इन्धनबापत ४५ हजार रुपैयाँ खर्च बुझेको देखिन्छ् । उपप्रमुख ठकुरीले सरकारबाट मासिक पारिश्रमिक ३७ हजार रुपैयाँ पाउँछिन्। त्यसबाहेक इन्धन र सवारी साधनको सुविधा पनि लिँदै आएकी छिन् । उपप्रमुख ठकुरीले इन्धनवापत गत असोजमा २४ हजार, कात्तिकमा ३८ हजार र मंसिरमा ३२ हजार रुपैयाँ खर्च गरेको महानगरका लेखा अधिकृत लामिछानेले जानकारी दिए । उपप्रमुखले तीन महिनाको अवधिमा इन्धनमा मात्रै ९४ हजार रुपैयाँ खर्च गरेकी छिन् । यो रकम प्रमुख दाहालले प्रयोग गरेको भन्दा दोब्बर भन्दा पनि बढी हा े। तर, कार्यक्रमहरूमा उपप्रमुख ठकुरी भन्दा प्रमुख दाहाल नै बढी जाने गरेको महानगर श्रोत बताउँछ ।
उपमेयरको वडा नम्बर १२ मा घर छ । आफ्नै घर भएकालाई घरभाडा दिन नमिल्ने भएकाले घरभाडाको रकम उपलब्ध गराउन नसकिएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले बताए । ‘उपमेयरज्युले तर यहाँ आफ्नै घर हुदाँहुदै प्रबन्ध गर्न नमिल्ने व्यहोरा जनाएँ,’ सुवेदीले भने, ‘यसैलाई इस्यु लिएर विवाद गर्नुभएको हो ।’ उता उपप्रमुख ठकुरीले घर भाडाको विषयमा निराधार दाबी गरेकी छिन्।
तर भण्डाफोर अभियानले प्राप्त गरेको सुचना अनुसार मेयर उपमेयर बिचको बिबाद सतहमा जे जस्तो देखिएको भएपनि गहिराई र यथार्थता त्यो भन्दा अलग रहेको देखिन्छ । सुबिधा बिबाद भन्दा पनि कामको जस कस्ले लिने भन्ने र महानगरमा को बढी हावी हुने भन्ने बिबाद नै बिबादको मुख्य चुरो रहेको बुझिएको छ ।
स्तै बर्तमान बामपन्थी सरकारले केही गरी राम्रा कामहरु गर्यो भने त्यस्ले कागँ्रेसको आगामी राजनितीक भविश्य थप कम्जोर हुने देखि देशभर नै केपी ओली सरकारलाई असहयोग गर्ने रणनिती अन्र्तगत साथै भरतपुरमा बिकास बढदै जाँदा त्यस्ले भरतपुर महानगरमा काँग्रेसको गढ कालान्तरमा भत्कीने खतरा देखेरै काँग्रेस पार्टीको योजनामै उपमेयर शाहले बिबाद र किचलो झिकेको जानकारहरु बताँउछन् ।
खैर जे कुराहरु भएपनि टेबलमा बसेर आपसी समझदारीमा टुङ्गयाउनुपर्ने देखिन्छ । मेयर उपमेयरको बिबादले बिकासको काँचुली फेर्ने तरखरमा रहेको भरतपुर दईपार्टीको राजनितीक दाउपेचको शिकार नबनोस हामी जनताको तर्फबाट मेयर उपमेयलाई यहि सुझाव दिन्छौं । आजको भण्डाफोर अभियानबाट