आमा वेश्या हुन, तर सत्य भन्दैमा सार्वजनिक स्थलमा वेश्या भन्न सक्दिन म !!

विश्लेषण र विवेचनाका आफनै दायरा हुन्छन् । वौद्धिकताका नाममा खेति गर्नेहरुको वौद्धिक दरिद्धताको स्वरुप देख्दा विद्धतामा नै प्रश्न चिन्ह खडा गराईदिएको छ । विद्धता, सम्वन्धित विषयमा निपुणता त्यसका सहज पाटोका लागी महत्वपुर्ण भुमिका खेल्नका लागी हुने गर्दछ । नाकि नकरात्मक धारणा र अफवाहका लागी । विरोध के का लागी र त्यो मुखातरित ले समग्रतामा हानी गर्दछ कि फाईदा, आफुलाई वौद्धिक जमातको पगरी गुथ्नेहरुले सोच्ने कौशलता प्रर्दशन गर्न सकेको पाईदैन ।
सिङ्गो विश्व जमात नै कमजोरीलाई सच्चाएर अगाडी वढेको पाईन्छ ।

सत्य र यथार्थताको चाङ्ग खोजेर हेर्ने र त्यसैलाई मात्र वोकेर हिड्ने हो भने जीवन जिउन कदापी सकिदैन । आफनै आमालाई सार्वजनिक स्थलमा वेश्या भनेर चिच्चाएर आफनो ओज वढ्दैन भन्ने हेक्का समेत नराख्ने कस्तो सर्जक ? कस्तो वौद्धिकता ? कस्तो देशप्रेम ? भएको कमजोरी लाई सच्चाएर वढ्न सकिन्छ तर आफनै जन्मभुमिलाई वेश्या भनेर चिच्याउने र त्यसैमा रमाउने, कस्ता सिर्जना ? त्यसैको मसलामा चुस्नी चाखेर उडाउदाँ देशको मायाले अलिकति पनि पोलेन ? गल्ति विगतमा कसले कति गरे, त्यसको लेखाजोखा आवश्यक छ । तर राजनैतिक पुर्वाग्रहले गरिने विरोधको त्यो शैलीलाई आफनै जन्मभुमिले कदापी माफ गर्ने छैन ।

कुनै पनि देश हो वा राष्ट्र, जतिसुकै सम्पन्न देशका मानव जातिको कमि कमजोरी र त्यो व्यक्ति ले खेलेको भुमिकालाई हेर्ने हो भने हरेकतामा कमजोरीको पहाड पाईन्छ । राजनैतिक प्रतिशोधको आधारमा व्याख्या गर्ने वौद्धिक अनुयायीहरुले आफनो अनुहार हेर्न छाडेर अर्काको आङ्गको जुम्रा खोज्न अभ्यस्त वनिदिदाँ सिङ्गो देश र राष्ट्रनै वद्नाम हुने रहेछ भन्ने कुराको हेक्का सकेन । नेपालको विकासक्रम र देशले भोगेको घटनाक्रमलाई नियाल्ने हो भने विभिन्न आरोह अवरोह खेप्दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्दे गर्दा विभिन्न शहिदहरुले दिएको वलिदानी र नेताहरुले खेलेको भुमिकालाई भुल्न हुदैन । देशको राजनैतिक अवस्था यहाँसम्म ल्याईपुरयाउन वौद्धिक जमातको के कति भुमिका रहयो ? आफनो विद्धता ले देश र समाज परिवर्तनमा कति भुमिका खेल्यो ? त्यो मनन नै नगरी विरोधका लागि वरिष्ठ विद्धता भएर देश लाई नै वद्नाम गर्ने तत्वलाई मलजल गर्ने प्रवृत्तिले वौद्धिक शव्दलाई नै धुमिल वनाईदियो । अध्ययन, शिक्षा र विषयमा निपुणता एउटा पाटो हो भने देश र समाज प्रतिको योगदान अर्को पाटो हो । हरेकतामा कमजोरी हुन्छ भन्ने समान्य ज्ञान पनि नभएका वौद्धिक विद्धताले समाजमा फैलाएको विकृति र अराजकताको विश्लेषण चाहि कहिले गर्लान ?

राजनैतिक प्रतिशोधको आधारमा व्याख्या गर्ने वौद्धिक अनुयायीहरुले आफनो अनुहार हेर्न छाडेर अर्काको आङ्गको जुम्रा खोज्न अभ्यस्त वनिदिदाँ सिङ्गो देश र राष्ट्रनै वद्नाम हुने रहेछ भन्ने कुराको हेक्का सकेन । शव्द चयनलाई लिएर गायक स्वयंले समाजिक संजालवाट हटाईएको विषयलाई लिएर सत्य र यथार्थको नाममा देश को नै वद्नाम गर्नु वौद्धिक वर्गको धर्म भित्र कसरी पर्न गयो ? आमा वेश्या हुन, थाहा छ तर सत्यका नाममा भीडमा आमालाई वेश्या भन्न सक्दिन म !

गीतसंगित क्षेत्रमा उर्जावान, विशिष्ट योगदान भएका नामुद गायकद्धारा गाईएको गीतले देश र समाज नै धुव्रिकृत गरिदियो । गीत संगीत मार्फत देशमा भएको अराजकता, विकृत्ति, विसंगतिको उजागर गर्नु उसको धर्म हो । तर कर्म र धर्म र स्वतन्त्रताका नाममा गाईएको गीतले विश्वसामु देशको नै वेईज्जत भयो कि भन्ने हो । देशको नागरिक हुनुका नाताले देश को रक्षा र जगेर्ना गर्नु आम नेपालीको दायित्व र धर्म हो । देश वनाउने जिम्मा आम नेपाली नागरिकको हो नकि कुनै नेता विशेषको मात्र । शव्द चयनलाई लिएर गायक स्वयंले समाजिक संजालवाट हटाईएको विषयलाई लिएर सत्य र यथार्थको नाममा देश को नै वद्नाम गर्नु वौद्धिक वर्गको धर्म भित्र कसरी पर्न गयो ? कमि र कमजोरी हरेक वाट हुन्छ, त्यसलाई सच्चाएर अगाडी वढिसकेको विषयलाई लिएर वौद्धिक वर्गको रोदनले विद्धता शव्द र वर्गहरुमा नै प्रश्न चिन्ह खडा गरिदियो । आमा वेश्या हुन, थाहा छ तर सत्यका नाममा भीडमा आमालाई वेश्या भन्न सक्दिन म ! हेर्ने र सोच्ने दृष्टिकोण व्यक्तिको योग्यता, क्षमतामा निर्भर गर्दछ, वेश्या हो, तर त्यसलाई पुष्टि गर्ने आधार के ? सत्य र यथार्थको नाममा आफनै आमा र देशको वदनाम गर्ने महान व्यक्ति वन्नु छैन मलाई । विरोधको पनि विषय र त्यसको गाम्भिर्यता खोज्नु नै अहिलेको आवश्यकता हो नकि फगत सस्तो लोकप्रियताका नाममा गरिने हत्कण्डाले केहि समय राहत त देला नै तर त्यसले दिर्घकालिन रुपमा समाज, देश र स्वयं व्यक्तिलाई नै हानी गर्ने कुरामा सोच्न ढिला गर्न हुदैन ।
अनुसन्धानका पाटो लामो, गहिरो र तथ्यमा आधारित हुनुपर्दछ । सतही व्याख्याले गरिने अध्ययनका पाटो र विश्लेषणले यथार्थ निष्कर्ष दिन सक्दैन । देशमा नयाँ व्यवस्थाको शुरुवात भएको यो सक्रंमणकालिन समयमा देश नै वद्नाम गर्ने गीत संगित यथार्थ र सत्यतामा आधारित छ भने डम्फु वोकेर हिड्नु भनेको आफनो परिचय आफैले हत्या गर्नु शिवाय केहि हुन सक्दैन । प्रतिपक्षले समान्य स्वर उठाउनु समेत सान्र्दभिक नहुने सन्दर्भमा स्वतन्त्रता र लोकतन्त्रका नाममा देश का नै विश्वका सामु वद्नाम गर्न खोज्नु भनेको देशद्रोही शिवाय केहि हुन सक्दैन । देशका हरेक नागरिकको कर्तव्य हो आफनो आमाको रक्षा गर्नु, आमा भन्दा पनि ठुलो आत्मिता र सर्मपण खुलेको हुन्छ देशप्रतिको । तर अनाहकमा गायककारले कमजोरी सच्चाएर अगाडी वढिसकेको सन्दर्भमा विरोधका लागि मात्र विरोधको आवाजले स्वंयको ओज घटाएको कुरा वौद्धिक जमातले सोच्नु पर्देन ? कि स्वतन्त्रताका नाममा जे गर्न र वोल्न अथवा लेख्न पनि छुट हुन्छ, लोकतन्त्रमा ? सत्ता र शक्तिवाट वाहिर रहने पिडामा वोलिने अन्य भाषा जस्तो हुदैन, राष्ट्रियता, सार्वभौमसत्ता । यो राज्यव्यवस्थाको सृजना टुपी कसेर विद्यावारणी गरेर आएको होईन, देशलाई यो अवस्थामा ल्याईपुरयाउन, पुर्खा र शहिदहरुको भुमिकालाई समेत नजरअन्दाज गरेर सस्तो लोकप्रियतामा भविश्य खोज्न चाहनेहरु देशप्रति कदापी सम्वदेनशिल छन् भनेर भन्न सकिदैन ।
हरेक सजिव व्यक्तिमा कमजोरी हुन्छ, कसैले पनि मेरा अवगुण र गल्ति छैनन भन्न नसक्ला । सत्य र यथार्थताको चाङ्ग खोजेर हेर्ने र त्यसैलाई मात्र वोकेर हिड्ने हो भने जीवन जिउन कदापी सकिदैन । आफनै आमालाई सार्वजनिक स्थलमा वेश्या भनेर चिच्चाएर आफनो ओज वढ्दैन भन्ने हेक्का समेत नराख्ने कस्तो सर्जक ? कस्तो वौद्धिकता ? कस्तो देशप्रेम ? भएको कमजोरी लाई सच्चाएर वढ्न सकिन्छ तर आफनै जन्मभुमिलाई वेश्या भनेर चिच्याउने र त्यसैमा रमाउने, कस्ता सिर्जना ? त्यसैको मसलामा चुस्नी चाखेर उडाउदाँ देशको मायाले अलिकति पनि पोलेन ? गल्ति विगतमा कसले कति गरे, त्यसको लेखाजोखा आवश्यक छ । तर राजनैतिक पुर्वाग्रहले गरिने विरोधको त्यो शैलीलाई आफनै जन्मभुमिले कदापी माफ गर्ने छैन । हरेक तत्व गतिशिल रहेको छ , समय अनुसार व्यक्तिको सोच, व्यवहार र दृष्टिकोण पनि फरक पर्दछ भन्ने समान्य सोच पनि राख्न नसक्ने वौद्धिकताको दरिद्र चिन्तनले नेपाल आमा कहिलेम्म रोईरहनु पर्ने हो, आफनो कपुत सन्तानहरु देखेर !
साँच्चै मेरी आमा वेश्या हुन, तर सत्य र यथार्थको नाममा भीडमा आमालाई वेश्या भन्न सक्दिन म !