भरतपुर महानगरको पहलमा पहिलोपटक ट्राफिक लाईट जडान ।

 
प्रनिश थापा । चितवन , १४ फागुन । चितवनको नारायणगढस्थित शहीदचोकमा पहिलोपटक ट्राफिक ब्यावस्थापनको लागी ट्राफिक लाईट जडान गरिएको छ । सवारीसाधन र सर्बसाधरणहरुको बाक्लो आवागमन हुने नारायणगढको शहिदचोकमा भरतपुर महानगरपालिकाले ट्राफिक लाईट जडान गरेको हो । जिल्लामै पहिलो पटक जोडिएको यो ट्राफिक लाईट परीक्षण प्रयोगका रुपमा जडान गरिएको भरतपुर महानगरपालिकाका ईन्जीनियर बिराट घिमीरेले बताए । घिमिरेका अनुसार ट्रााफिक लाइट झन्डै २५ लाखको लागत गरिएको छ । नीजी साझेदारी अवधारणमा यार्शा टेक्नोलोजी काठमाण्डौंले २० लाख र भरतपुर महानगरपालिकाले ५ लाख रुपैयाँ ब्यवहोरेको छ । लगानी गरेबापत यार्शा टेक्नोलोजीले विज्ञापन वोर्ड राख्ने छ । शहिदचोकको प्रभावकारीता हेरेर पुल्चोक, चौविसकोठी, र हाकिमचोकमा छिट्टै लाईट राख्ने महानगरपालिकाले जनाएको छ ।