एकै रातमा कर तिर्न अटेरी गर्ने एनसेलका १६ ओटा टावर जलेर ध्वस्त
हेर्नुहोस् पुरा विवरण र शेयर गर्नुहोस्
काठमाडौँ/ मुलुकलाई ठुलो मात्रमा तिर्नुपर्ने कर नतिरी केही अमुक नेताहरुलाई चन्दा दिएको भरमा देश लुट्न पल्केको एनसेलका विभिन्न १६ स्थानका टावरहरुमाथि गत् राती आगजनी भएको छ । अदालतको आदेशपछि पनि कर तिर्न नमानिरहेको एनसेलको देशभरका विभिन्न स्थानमा रहेका टावरमाथि अज्ञात समूहले आगजनी गरेको हो । कतिपय ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र विभिन्न अन्य केहि भूमिगत संगठनहरुले एनसेलमाथि आक्रमण गरेको हुनसक्ने प्रहरी अनुमान छ, तर यस्को आधिकारिक रुपमा बिप्लब नेतृत्वको नेकपाले जिम्मा भने लिएको छैन् ।
१७ टावर जलाइए १
हिजो राती ललितपुरस्थित नक्खुमा रहेको एनसेलको मुख्यालमा बम पड्किएपछि सुरु भएको टावर जलाउने काम बाग्लुगं, कन्चनपुर, कास्की हुँदै विभिन्न १७ ठाउँमा टावरहरु जलाइएको छ । बाग्लुगं, कञ्चनपुर र कास्कीमा एनसेलका टावरमा शुक्रबार राति आगजनी भएका हुन् ।
बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावर आगजनी भएको छ । यी लगायतगरी कुल १६ ठाउँमा एनसेलका टावरहरु जलाइएका छन् । एनसेलको टावर जलेसँगै लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेट सेवा विच्छेद भएको छ ।
पोखरा महानगरपालिका(२७ चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको हो । प्रहरी कार्याल सिस्वाका डिएसपी मोहनबहादुर खाँडका अनुसार टावर डाँडामा रहेकाले दमकल पुग्न नपाउँदै टावर जलेर ध्वस्त भएको छ । तर आगजनी कसले गर्यो भन्ने अझै पनि सार्वजनिक भएको छैन ।
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि शुक्रबार राति आगजनी भएको छ ।
यता एनसेलको धनगढीस्थित कार्यालयबाट टावरमा खराबी आएको जानकारी प्राप्त भएपछि तत्काल टावर भएको क्षेत्रमा पुग्दा आगजनी भएको पाइएको हो । एनसेलको टावरमा लगाइएको घेरबारको गेटको ताला फोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरेको पाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि शुक्रबार राति आगजनी भएको छ ।
यस्तै अछाम, कपिलवस्तु, काभ्रे, र रौतहटमा पनि एनसेलका टावरहरु जलाइएका छन्। यसबारेमा हामी थप अपडेट गर्दै जानेछौं ।