सत्ताधारी प्रधानमन्त्री ओली र बिद्रोही नेताविप्लवको जन्मदिन एउटै दिनमा परेपछि…

प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र विद्रोहि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द विप्लवको जन्मदिन एउटै दिन परेको छ।समकालीन राजनीतिका शीर्षस्थ व्यक्तित्व एवं देशका कार्यकारी प्रमुख ओली आजदेखि ६७ वर्ष पुरा गरि ६८ वर्षमा लागेका छन्। भने हाल भूमिगत रहेका आशालाग्दा युवा नेता विप्लव ५१ बर्ष पुरा गरि ५२ औं वर्षमा प्रवेश गरेका छन्।जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीका आफन्त, शुभेच्छुक तथा पार्टी कार्यकर्ताहरूले बिहानैदेखि शुभकामना दिइरहेका छन्।

ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा स्थानीय नसर्रीबाट ल्याएको आँपको बिरुवा बालुवाटार परिसरमा रोपेर बर्थडे मनाएका छन्।जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए। त्यसैगरी प्र धानमन्त्री पत्नी राधिका शाक्यले पनि अम्बाको बिरुवा रोपेकी छिन्।भूमिगत अवस्थामा रहेका विप्लवले कसरी बर्थडे मनाए सार्वजनिक भएको छैन्। उनलाई कार्यकर्ता, शुभचिन्तकले सामाजिक सञ्जालमा मार्फत शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओलीको जन्म विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा भएको हो। त त्कालिन इवा गाविस २ तीनसल्लेमा जन्मेका ओलीले तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय ९तत्कालीन प्रणामी प्रावि० बाट पढाइ सुरु गरेका थिए । उनका बुबाको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु हो । ओलीको परिवार २०२२ सालमा बसाइस राइ गरी झापा झरेको थियो।

२०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएर त्यही वर्षदेखि भूमिगत भए । पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उनी २०२७ सालमा पक्राउ परे। उनी १४ वर्षसम्म निरन्तर जेलमा रहे। ओलीलाई प्रष्ट बोल्ने र अडान राख्ने नेताको रुपमा चिनिन्छ।

नेत्र विक्रम चन्द ‘विप्लव’ को जन्म २०२४ साल फागुन ११ गते रोल्पाको इरिवाङ गाविस वडा नम्बर ५ मा बुबा चित्रबहादुर चन्द र आमा खुशीमाया घर्तीबाट भएको हो। २०५२ सालमा विप्लव नाम राख्नुअघि उन को नाम जीवन र नवीन थियो।

पञ्चायतकालमा पटकपटक गिरफ्तार भएर केहि समय प्रहरी हिरासत र डिल्लिबजार सदरखोरमा जेलजीवनसमेत बिताएका उनले २०४६ सालको जनआन्दोलनपछि तथा ४८ सालमा दुइपटक र जनयुद्धको क्रममा २०५५ सालमा किलो सेरा टु’ अप्रेसन चलिरहेको बेला बाजुरामा गिरफ्तार परेका थिए। विप्लवलाई नजिकबाट चिन्नेहरु– उनी खरा सााथै महत्वकांक्षी रहेको बताउँछन् ।२०५२ सालमा थालिएको जनयुद्धपूर्व रोल्पा सदरमुकाम लिवाङ्मा पढाइका लागि बसेको समयमा उनी कृष्णबहादुर महरा र कृष्णसेन इच्छुकसँग नजिक भ ए र क्रमश पञ्चायत विरोधी गतिविधिमा संलग्न भए ।
३६ सालमा विद्यार्थी आन्दोलनको समयमा जुलुसले सिडियो कार्यलय घेरेपछि उनी राजनीतिप्रति आकर्षित बनेका थिए।माओवादी जनयुद्ध हुँदै शान्तिप्रक्रियामा आइपुग्दा सबै भन्दा असन्तुष्ट बनेका युवा थिए विप्लव। तत्कालीन माओबादीबाट मोहनबैद्यको नेतृत्वमा नेकपा माओवादी गर्नमा सक्रिय भुमिका रहेका विप्लव हाल आफ्नै नेतृत्वमा नेकपा गठन गरेका छन्। एकिकृत जनक्रान्तिको कार्यदिशा लिएर फेरि क्रान्तिको मैदानमा होमिएका छन् ।