नयाँ वर्षमा पश्चिम चितवनमा राईनोकुञ्ज मेला

फागुन ८, भरतपुर/ पर्यटन प्रवद्नको लागि भरतपुर १३ मा राईनोकुञ्ज मेला हुने भएको छ । नयाँ वर्षको अवसर पारेर वडामा चार दिने पर्यटन मेला गर्न लागिएको हो । २०७५ सालको चैत ३० गते देखि २०७६ सालको बैशाख १ , २ र ३ गते मेला संचालन हुनेछ । वडा भित्र रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसार र पर्यटन विकासको लागि वडाले पर्यटन मेला गर्न लागेको अयोजक भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले जानकारी दिए । मेलाका संयोजक समेत रहेका अध्यक्ष दवाडीका अनुसार मेला आयोजनाको लागि २३ वटा उपसमिति समेत गठन गरिएको छ । मेला सम्पन्न गर्नको लागि ५०१ जनाको मुल आयोजक समिती समेत आयोजकले गठन गर्नेछ ।भरतपुर १३ को वडा कार्यलयममा बुधबार उपसमिति सदस्यको बैठक राखी उप समितीलाई अधिकार समेत हस्तान्तरण गरेको छ ।

यस अघि पनि स्थानीय संघ संस्थाबाट भरतपुर १३ राईनोकुञ्जको प्रचारप्रसारको लागि खिचरा महोत्सव, राईनोकुञ्ज सांस्कृतिक कार्यक्रम , बाटुली पोखरी काव्य उत्सव लगायत कार्यक्रम भएका थिए।

आत्मनिर्भर बनाउन राईनोकुञ्जमा निशुल्क सुरक्षा गार्ड तालिम

भरतपुर महानगरपालिका वडा नम्बर १३ राईनोकुञ्जमा सुरक्षा सम्बन्धि तालिम शुरु भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडा तथा बाबा सेक्युरिटी एण्ड वर्कस कम्पनी प्रालि भरतपुरको संयुक्त आयोजनामा ३२ दिने निशुल्क सुरक्षा गार्ड तालिम सुरु गरिएको हो । तालीमको बुधबार भरतपुर महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष प्रकाश दवाडीले एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरे । तालिममा भरतपुर १३ सहितका विभिन्न ठाउँ बाट २० देखि ४० वर्ष सम्मका ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको छ । आयोजक बाबा सेक्युरिटी एण्ड वर्कस कम्पनी प्रालि भरतपुरका अध्यक्ष पशुराम ढुंगानाका अनुसार कार्यक्रममा प्रयोगात्मक सहित सैद्धान्तिक ढङ्गले सुरक्षा गार्ड सम्बन्धि तालिम संचालन गरिने छ । तालीमलाई भरतपुर १३ को राईनोकुञ्ज सामाजिक विकास समिती ले समन्वय गरेको छ । तालीमको प्रशिक्षकको रुपमा मनि प्रसाद गुरुङ्ग रहेका छ्न् ।

वडा अध्यक्ष प्रकाश दवाडीले उद्घाटन गर्नुभएको कार्यक्रममा प्राध्यापक डाक्टर भिमराज कोइराला, नेपाल कम्युनिस्ट पाटीका वडा इन्चार्ज हरिश्चन्द्र सुवेदी, नेपाली कांग्रेसका वडा सभापति हेमराज पौडेल, राईनोकुञ्ज सामाजिक विकास समितीका अध्यक्ष विनोद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।