सर्वोच्चको विरुद्धमा चितवनका स्थानीय , शनिबार बिरोध कार्यक्रम

चितवन। सर्बोच्च अदालतले चितवन राष्ट्रिय निकुञ्ज भित्र सडक निर्माण सम्बन्धि कुनैपनि काम नगर्न परमादेश जारी गरेपछि सो निर्णयको यतिबेला चितवनमा बिरोध हुन थालेको छ । अदालतले सडक निर्माण कार्य नगर्न आदेश दिएपछि स्थानीयले आपत्ति जनाउँदै आन्दोलनका कार्यक्रमहरु सुरु गरेका छन् । न्यायाधीशद्वय डाक्टर आनन्द मोहन भट्टराई र तेज बहादुर केसीको संयुक्त इजलासको फैसला माडी तथा ठोरीको जनताको हित र भावना विपरित भएको भन्दै फैसलाको चर्को आलोचना गरिएको छ । विहिबार देखी नै आन्दोलनका कार्यक्रमहरु सुरुवात भएका छन् । सामाजिक संजाल फेसबुकबाट विभिन्न आलोचनात्मक टिप्पणीहरु आइरहेका छन् । बिरोध कार्यक्रम अन्तर्गत आज शनिबार अपराह्न ४ बजे चितवनको चौविसकोठीमा माडीको विकासका लागि भन्दै विभिन्न समुहमा आवद्ध यूवाहरूले विरोध कार्यक्रम आयोजना गरिएको छ । सर्बोच्चले निर्णय नसच्याएको खण्डमा थप आन्दोलनका कार्यक्रम तय गरिने समेत स्थानीयले बताएका छन् ।