दैनिक स्कूल जान्छीन तर पढाउँनै पर्दैन कस्तो हाइसञ्चो
फागुन ४, काठमाडौं । सीता घिमिरे काठमाडौं मख्खनस्थित तारिणी आधारभूत विद्यालयमा प्राथमिक तहकी शिक्षक हुन्। उनी दैनिक विद्यालय जान्छिन्। तर पढाउनुपर्दैन। उनको काम विद्यालय भवन कुर्नु जस्तै भएको छ।
किनकि विद्यालयमा विद्यार्थी छैनन्। ‘विद्यार्थी भर्नाको बेला ११ जना थिए। अहिले आउन छोडे’, उनले भनिन्, ‘विद्यार्थी नआएपछि हाम्रो दिनचर्या स्कुल आउनेजानेमै बितिरहेको छ।’ स्कुुलमा दुई शिक्षक र एक कार्यालय सहयोगी छन्। पढाउन नपरेपछि दुई जना पालैपालो विद्यालय आउँछन्। ‘२०७२ सालको भूकम्पले स्कुल वरिपरिका भवन भत्कायो। बाटो पनि छेक्यो। त्यही भएर विद्यार्थी आउन छाडे’, प्रधानाध्यापक रेवती शर्माले भनिन्।
कुनै बेला विद्यार्थीको चाप बढी भएर कक्षा १० सम्मकै पढाइ हुने विद्यालयलाई पछिल्लो समय विद्यार्थी घटेपछि पाँच कक्षासम्म मात्र झारिएको छ। विद्यालय २०१६ सालमा खोलिएको हो।
काठमाडौंको पुरानो बस्ती इटुुम्बहालस्थित २०१४ सालमा स्थापना भएको केशचन्द्र प्राथमिक विद्यालयमा पनि दुई शिक्षक छन्— प्रधानाध्यापक राजेश महर्जन र विमल पौडेल। उनीहरूले पनि पढाउनुुपर्दैन। गुुठीको घरमा सञ्चालित विद्यालयमा डेस्क, बेन्च, केही थान सुकुल र कुुर्सी कुर्न मात्र बसे जस्तो लाग्छ। ‘पाँच जना विद्यार्थी भर्ना भएका थिए। अहिले आउँदैनन्’, महर्जन भन्छन्। विद्यार्थी नभएपछि शिक्षक पनि व्यक्तिगत काम नभएको दिन मात्र स्कुल आउँछन्। माघ अन्तिम साता उक्त स्कुल पुग्दा महर्जन एक्लै थिए। ‘अर्को सर काम परेर बाहिर जानुभएको छ’, उनले भने।
सामुदायिक विद्यालयको स्तर सुधार्न र विद्यार्थी आकर्षण बढाउन राज्यले थुपै्र नीति तथा कार्यक्रम ल्यायो। तर कार्यान्वयन नहुँदा यस्ता विद्यालयप्रति विद्यार्थी विकर्षण बढिरहेको छ। तारिणी र केशचन्द्र त्यस्तै केही उदाहरण मात्र हुन्। राजधानीमा सरकारी लगानीमा सञ्चालित धेरै विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा छन्। तर स्पष्ट सरकारी नीति नबन्दा यस्ता विद्यालय शिक्षक–कर्मचारीलाई तलब खुवाउने थलो मात्र बनेका छन्, यसले वार्षिक रूपमा राज्यकोषमा करोडौं व्ययभार थपिएको छ। विद्यालयको नाममा रहेको करोडौं रुपैयाँ पर्ने भवन र तिनले ओगटेको जग्गासमेत बेकम्मा बनेका छन्। यस्ता विद्यालयप्रति विश्वास नभएका कारण अभिभावक महँगो शुल्क तिरेर निजी स्कुलमा नानीबाबु पढाउन बाध्य छन्।
यट्खाको कन्या माध्यमिक विद्यालयमा पाँचतले भवन छ। कक्षा एकदेखि १० सम्म पढाइ हुन्छ यहाँ। शिक्षक–कर्मचारी पनि प्रशस्त छन्। तर विद्यार्थी ७६ जना मात्र रहेको सरकारी तथ्यांकमा छ। १९८० सालमा भाषा पाठशालाका नामबाट सहिद शुक्रराज शास्त्रीकी बहिनी चन्द्रकान्ता मल्लले यो स्कुल खोलेकी थिइन्। कुनै बेला हरेक कक्षामा दुई समूह राखेर विद्यार्थी पढाइन्थ्यो, यो स्कुलमा। २०७२ सालको भूकम्पका कारण विद्यालय भवन क्षतिग्रस्त भयो। जिल्ला शिक्षा कार्यालयबाट आएको प्राविधिक टोलीले विद्यालय भवन जोखिमपूर्ण रहेको भन्दै रातो स्टिकर टाँसेर यो स्कुलका विद्यार्थीलाई मरुहिटीमा रहेको शान्ति निकुञ्ज स्कुलमा अस्थायी टहरा बनाएर राखियो।
दुई वर्ष त्यतै बसे पनि स्कुलको नयाँ भवन बन्ने छाँटकाँट नदेखेपछि स्कुल पुरानै भवनबाट सञ्चालन हुन थाल्यो। ‘विद्यालय प्रशासन पुरानो भवनमा सरे पनि अधिकांश विद्यार्थी उतै बसे। जोखिमपूर्ण भवन भएको हाम्रो विद्यालयमा आउन मानेनन्’, विद्यालयका प्रधानाध्यापक गोपीचन्द्र पौडेलले भने। साहुको घरमा कामदारका रूपमा रहेका र काठमाडौंमा पनि दैनिक मजदुरी गर्ने अभिभावकको छोराछोरीको बाहुल्य रहेको यो स्कुलमा अहिले कुनै दिन ५० जना पनि विद्यार्थी हुँदैनन्।
विद्यार्थी नभए पनि राज्यले ती स्कुलमा खटाएका शिक्षकलाई नियमित तलब सुविधाका लागि मासिक लाखौं रुपैयाँ रकम खर्चिइरहेको छ। स्कुलमा अहिले १९ जना शिक्षक छन्। निरन्तर विद्यार्थी घटेर शिक्षक हात बाँधेर बस्नुपर्ने अवस्थामा पुग्दा पनि उनीहरूको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइ र शिक्षा मन्त्रालयले समेत प्रभावकारी पहल गर्न सकेको छैन।
महानगरपालिकाले विद्यार्थी संख्या न्यून रहेको र शिक्षक तथा भौतिक संरचना प्रशस्त भएका विद्यालयको अध्ययन थालेको बताएको छ। अध्ययन सकिएपछि शिक्षक दरबन्दी मिलान गर्नेदेखि विद्यालय सुधारलगायत विषयमा कार्ययोजना बनाइनेछ’, महानगरपालिका शिक्षा शाखा विभागका प्रमुख उपसचिव सीताराम कोइरालाले भने, ‘यो धेरै वर्षदेखिको समस्या हो। राज्यको अर्बौं रुपैयाँ लगानी रहेको सार्वजनिक शिक्षालाई अब यो पाराले छाड्दैनौं।’ नगरभित्रका सार्वजनिक शिक्षा सुधारका लागि केही समयअघि सोचपत्र सार्वजनिक गरेको पनि उनले जानकारी दिए।
झोंछेको बालसेवा माध्यमिक विद्यालय पनि विद्यार्थी कम र शिक्षक धेरै भएका विद्यालयमा पर्छ। काठमाडौं महानगरपालिका शिक्षा विभागका अनुसार यो विद्यालयमा ९१ जना विद्यार्थी भर्ना भएका छन्। तर शिक्षक भने १९ जना छन्। काठमाडौंकै निर्मल विद्यापीठ निम्न माध्यमिक विद्यालयमा ७६ जना विद्यार्थी छन्, शिक्षक नौ जना छन्।
आदर्श निम्न माध्यमिक विद्यालयमा ८४ जना विद्यार्थी छन्, शिक्षक ११ जना। बुुुुद्धनगर निम्न माध्यमिक विद्यालयमा पनि ५२ जना विद्यार्थी छन् भने शिक्षक पाँच जना छन्। राजधानीकै बाल विद्यापीठ, अरुणोदय निमावि र भक्त विद्या श्रम मावि, राष्ट्रिय निमावि पनि एक सयभन्दा कम विद्यार्थी भएको विद्यालयमा पर्छन्।
सरकारी मापदण्डअनुसार काठमाडौं उपत्यकामा एक जना शिक्षकले ४० जना विद्यार्थी पढाउनुपर्छ। तर विद्यार्थी घट्न थालेपछि महानगरभित्रका कुनै पनि विद्यालयमा यो मापदण्ड लागु हुँदैन। सरकारको प्राथमिकतामा नपर्दा सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण घटेको शिक्षाविद् प्रा।डा। मनप्रसाद वाग्ले बताउँछन्।
‘अहिलेको सरकार साम्यवादको नारा दिँदै पुँजीवादको मलजलमा लागेको छ। शिक्षामन्त्री नै निजी स्कुलको पक्षपोषणमा लागेका छन्। यस्तो अवस्थामा कसरी सुध्रनु सार्वजनिक शिक्षा रु ’ वाग्ले भन्छन्, ‘संविधानमै लेखिएको निःशुल्क शिक्षाको प्रावधानलाई मन्त्रीले लत्याए। यस्तो रवैयाले सार्वजनिक विद्यालयमा विद्यार्थी बढ्ने होइन, अझै घट्छन्।’
करोडौंको भवन, न्यून विद्यार्थी
रानीपोखरीस्थित भानु माध्यमिक ९दरबार स्कुल० विद्यालयको पुरानो भवन भूकम्पले भत्काए पनि नयाँ भवन बनिरहेको छ। चिनियाँ सरकारको लगानीमा बनिरहेको उक्त भवनमा निर्माण सम्पन्न हुँदा ८५ करोड रुपैयाँ लाग्ने सरकारी अनुमान छ। तर राजधानीको केन्द्र भागमा बनिरहेको यो सुविधासम्पन्न भवन निर्माण सम्पन्न हुने बेलासम्ममा स्कुलमा विद्यार्थी रहन्छन्÷रहन्नन् यसै भन्न सकिन्न।
सरकारी तथ्यांकअनुसार यो विद्यालयमा चालू शैक्षिक सत्रमा १ सय ११ जना मात्र विद्यार्थी भर्ना भएका छन्। तीमध्ये पनि नियमित स्कुल आउने विद्यार्थी अत्यन्त न्यून छन्। ‘यही अनुपातमा विद्यार्थी घट्दै गए नयाँ भवन बनेपछि अर्कै स्कुलका विद्यार्थी ल्याउनुपर्ने हुन सक्छ’, शिक्षा मन्त्रालयका एक सहसचिव व्यङय गर्दै भन्छन्।
विद्यालयमा विद्यार्थी घटेको अहिले मात्रै होइन। उच्च राजनीतिक पहुँचका आधारमा राजधानीमा सरुवा हुने र त्यसपछि शिक्षणका लागि यही स्कुल रोज्ने शिक्षकका कारण पढाइमा बाधा भएपछि विद्यार्थी घट्न थालेका हुन्। आजको अन्नपूर्ण पोष्टबाट ।