बालबालिकाहरुलाई पुनः वाक्कदिक्क हुन दिऊँ
न्यू योर्क टाइम्स/पामेला पल/ “म बोर (वाक्कदिक्क) भएँ ।” पदावली सुन्दा सानो लाग्छ तर यो सानो वाक्याशंले अभिभावकहरुको मनमा एक्कै पटक भय, क्रोध र पछुतोको भावना उत्पन्न गराउन सक्छ ।
वरिपरि कोही बच्चा बोर महसुस गरिरहेको छ भने, त्यसको दोष तिनको अभिभावकमाथि पर्छ । तिनले हसाउँन, खेलाउन अथवा केही कुरामा व्यस्त राख्न नसक्दा तिन बच्चालाई बोर महसूस भयो भन्ने अर्थ लाग्छ ।
तत्कालै व्यस्त राख्न सकिने यति धेरै कुराहरु हुँदाँहुदै पनि कोही कसरी बोर हुन सक्छ रु आजकल बोर भयो भन्दा यो प्रश्न बच्चा र वयस्क दुवै माथि गरिन्छ १
तर विरक्तिको भावना हठात पन्छाउनु पर्ने कुरा भन्दा पनि अनुभव गर्नुपर्ने कुरा हो । तर त्यो डरलाग्दो र कठोर भएकाले निर्दयी भिक्टोरियन कालिन ब्रिटेनमा दिइने कुनै सजायँ जसरी होइन ।
हुर्कंदै गर्दा अधिकांश वयस्कहरुले विरक्ति भावना झुर मानिसको लागि हो भन्ने सिक्छन् । तर यथार्थ भने त्यसको उल्टो छ, विरक्ति भावना हामीहरु सबैका लागि उपयोगी र फाइदाजनक चीज हो ।
यो कुरा नानीबाबुहरुले सानैमा ठम्याउन सकेनन् भने पछि उनीहरुले हण्डर खानेछन् ।
स्कुल नीरस हुन्छ, यो हामी सबैले स्वीकार्नुपर्छ । शिक्षकको काम रमाइलो गराउनुको साथ साथै शिक्षा दिनु होइन । आखिर जीवन भन्नु अन्तहीन रमाइलोको श्रृङ्खला होइन नि १
सन् २०१२ मा आएको मरिया सेम्पलको उपन्यास ‘ह्वेर यू गो, बरनाडेट’मा एक आमा उनकी छोरीलाई भन्छिन् ,“ठीक हो, तिमी बोर छौ । यही समय म तिमीलाई जीवनको एक सानो रहस्य बताउँछु । तिमीलाई अहिले बोर लागेको छ रु त्यसो भए सुन, भविष्य झन् विरक्त लाग्दो हुन्छ । जीवनलाई रोचक बनाउने क्षमता तिम्रै हातमा छ भन्ने तिमीले जति चाँडै सिक्छौं, तिमीलाई त्यति नै फाइदा हुन्छ ।”
विगतमा मासिनहरुले जीवनको ठूलो हिस्सा विरक्त लाग्दो हुन्छ भन्ने स्वीकारेका थिए । २१ औं शताब्दी अघिका संस्मरणहरु विरक्त लाग्दा कुराले भरिएका छन् । सम्पन्न वर्गका सदस्यहरु आफ्ना वैठक कोठाहरुमा आराम नगर्दा लामो पैदल यात्रामा निस्कन्थे, रुखहरुमा नजर लगाउँथे । अर्को पटक उनीहरु मोटर यात्रा निस्कन्थे र अझ धेरै वृक्षहरुमा नजर लगाउँथे ।
काम गर्नुपर्ने वर्गहरुलाई भने धेरै कठिन थियो । कृषि र औद्योगिक कार्यहरु दिमाग शून्य बनाउने खालका हुन्थे । थोरै मात्रै मानिसहरु पारिश्रमिकले आफ्नो जीवनलाई धान्ने विश्वास गर्थे ।
बालबालिकाहरु सानैदेखि त्यस्तो खालको भविष्यको आशा गर्थे । उनीहरु सानै उमेरदेखि त्यो विचारमा अभ्यस्त परिसक्थे । तिनका दिनहरु पुस्तक ¥याक र रुखका हाँगा र साँझमा स्वादहीन टिभी कार्यक्रममै सकिन्थ्यो ।
केही दशक अघिसम्म पनि बालबालिकाहरुमाथि आजजस्तो अभिभावकको २४ सैं घण्टा निगरानी हुँदैन थियो । ती दिनहरु अब त हराए । ती दिन वयस्कहरु विरक्तिको निश्चित मात्रालाई ठीकै ठान्थे । बालबालिकाहरुले पनि तिनका रिक्त एजण्डालाई स्वीकार्न थालेका थिए ।
जीक्यू म्यागजिनलाई दिएको एक अन्तरवार्तामा लिन–म्यानुअल मिराण्डले उनको उत्प्रेरणा विकास गर्ने श्रेय बाल्यकालका एक्लै बिताएका मध्यान्हहरुलाई दिएका छन् । “किनकि सिर्जनालाई प्रोत्साहन गर्न खाली पन्ना र रित्तो शयन–कक्षभन्दा उपयुक्त केही हुँदैन”, उनले भनेका छन् ।
आजकल त बालबालिकाहरु कुनै न कुनै काममा व्यस्त छैनन् भने अभिभावकहरु आफ्नो कर्तव्यबाट च्युत भएको रुपमा हेरिन्छ । न्यूयोर्क टाइम्समा धेरै पढिएको मध्ये एक आलेख ‘द रिलेन्टलेरसनेस अफ मोर्डन प्यारेन्टीङ ९ आधुनिक बाल पालन–पोषणको कठोरता० मा क्लेयर केन मिलरले हालसालैको एक अध्ययनलाई उद्धृत गरेकी छिन् । त्यसमा वर्ग, आय अथवा नश्ल जे भए पनि आजका अभिभावकहरुले “विद्यालयपछि बोर हुने बालबालिकाहरुलाई ‘एक्ट्राकरिकुलर’ क्रियाकलापहरुमा भर्ना गरिनुपर्छ भन्ने विश्वास गर्छन् । उनीहरु आवश्यक परे अभिभावकले आफ्नो काम छाडेर बालबालिकालाई समय दिनुपर्ने सोच्छन् ।
आजको अभिभावकहरुको मन्त्र हो, बालबालिकाहरुको प्रत्येक खाली समयको अधिकतम सदुपयोग गरेर तिनलाई एक लक्ष्यतर्फ डो¥याइनुपर्छ ।
आज अत्यधिक अभिभावकत्वमा नरहँदा बच्चाहरुलाई उपकरण थमाइन्छ, अर्थात् उनीहरुको आफ्नै डिजिटल उपकरणहरुसँग । कारमा लामो यात्राको तयारी गरिरहेका अभिभावकहरु जटिल स्थलयुद्धको योजना बनाइरहेका सैनिक अधिकृतजस्ता देखिन्छन् ।
आईप्याडमा कुन चलचित्र राख्ने रु के हामीले कुनै नयाँ परिवार–मैत्री पोडकाष्ट ९इन्टरनेटमा किन्न र डाउनलोड गर्न सकिने संगीतको सिरिज० सुरु गर्नुपर्छ रु बच्चाहरुलाई सिटमा ननिदाउन्जेल भिडियो गेम खेल्न दिनु यो उपयुक्त समय हो रु
७० का दशकका अभिभावकहरुले त्यो समयका बच्चाहरु बोर हँुदा के गर्थे रु केही पनि गर्दैन थिए १
उनीहरु तिनलाई गाडीको धुँवा सुँघ्दै कुद्न दिन्थे । भाईबहिनीहरुसँग जिस्काउँदा पनि केही भन्दैनथे । र पहिरिन नमिल्ने टुटेका सिटबेल्टसँग खेल्न दिन्थे ।
ती दिनहरुमा तपाईले बोर भएको गुनासो गर्नुहुन्थ्यो भने अभिभावकको जवाफ अक्सर तपाईलाई या त “बाहिरतिर जाउ” अथवा त्योभन्दा झनै खराब “जाउ गएर आफ्नो कोठा सफा गर ।” भन्ने जवाफ पाउनुहुन्थ्यो । के यिनमा मज्जा आउथ्यो रु अहँ । तर के यी उपयोगी थिए रु हो ।
किनकि तपाई बोर हुँदा पनि घटना भइरहेका हुन्छन् । मैले पाएका सबैभन्दा बोर हुने केही कामहरु, सबै भन्दा सिर्जनशील पनि थिए । कलेजको समयपछि आयात गर्ने कारखानामा काम गर्दा मैले बिक्री खातामा कुरुप पेरुभियन स्वीटरको फोटो टालेर बस्थें ।
स्वीटरहरु भद्दा नीरतामा धुमिल नहुदाँसम्म टासिरहँदाँ मेरो हातमा गमको पत्र जमिसकेको हुन्थ्यो । कुनै कारणले सबै कुराहरु खुँदो जस्तो गनाउथ्यो । त्यस्तोमा मेरो दिमागलाई विशाल कल्पनाको लोकको शयर गर्ने बाहेक अरु विकल्प बाँकी रहँदैन थियो ।
जब तपाई बोर हुनुहुन्छ, तब कथा आरम्भ हुन्छ । सुपरमार्केटमा सामानहरु जाँचिरहँदा, मैले मानिसहरुको खरिदबारेमा कथ्य निर्माण गर्थें ः कुन चाहिँ अत्यावश्यक सामाग्री हुन्छन् र कुन चाहिँ सामान देखेपछि आफूलाई रोक्न नसकेर किनिन्छ रु मेरो पाँच कक्षाका पूर्व शिक्षकले उनको साप्ताहिक ‘नटर बटर’ खरिदलाई मैले अवलोकन गर्दा कस्तो महसुस गर्छिन् रु
जब तपाईं विरक्तिको संवेदनाहीन बनाउने असरलाई स्वीकार्नु हुन्छ, तपाईं आफूलाई आविष्कारको मार्गमा पाउनु हुनेछ । एकलासको अवस्थामा पनि, भिन्नता प्रकट हुन थाल्छ । ती रुखहरुबीच, ती स्वीटरहरुबीच ।
त्यसैले त नुहाइरहँदा यति धेरै उपयोगी विचारहरु आउँछ । त्यो समय तपाईं अत्यन्त साधारण काम गरिरहनु भएको हुन्छ तर त्यसबाट उम्कन सक्नुहुन्न । त्यस्तो बेला तपाईंले आफ्नो दिमागलाई बहकिन दिनुबाहेक विकल्प रहन्न । बहकिएको कल्पना पछ्याउँदा थुप्रै विचारहरु उत्पन्न हुनेगर्छ ।
निश्चित रुपमा, विरक्ति आफैमा महत्त्वपूर्ण हुँदैन ः त्यसबेला के गरिन्छ, त्यो महत्त्वपूर्ण हो । जब तपाईं असह्य बिन्दूमा पुग्नुहुन्छ विरक्तिले तपाईलाई रचनात्मक रुपमा जवाफ फर्काउन सिकाउँछ । यसले तपाईंको लागि केही आविष्कार गर्छ ।
तर व्यर्थ लाग्ने ‘बोरडम’को नियमित परिणाम नभोगेसम्म यो कसरी हुन्छ, हामीले कहिले पनि सिक्दैनौं ।
तपाई ‘द ग्यासलिक्रम्ब टिनीज’को पुस्तकको एक चित्रकथा ‘एन इज फर नेभिल हु डाइड अफ इनु’मा जस्तो अनिश्चितकालसम्म असह्य विरक्तिबाट ग्रसित हुनुस् भनेको होइन । मुख्य कुरा तपाईंले त्यसलाई काबूमा राख्न सिक्नुपर्छ । यो धेरै तरिकामा गर्न सकिन्छ ।
आफूभित्र फर्किएर चिन्तन–मनन गर्न सक्नुहुन्छ । कुनै पुस्तक लिएर पढ्न थाल्न सक्नुहुन्छ । तपाईं श्रेष्ठकर रोजगारीको कल्पनामा त्यो समय खर्चन सक्नुहुन्छ । विरक्तिले कल्पनाको उडान गराउँछ र अन्ततः तपाई स्व–अनुशासन र साधन–सम्पन्न अवस्थामा पु¥याउँछ ।
विरक्ति भावलाई सम्हाल्ने दक्षताको सम्बन्ध एकाग्रता र आत्म–नियन्त्रणसँग हुने यसैले गर्दा हो । अध्ययनहरुले एकाग्र हुन नसक्ने गडबडी भएका मानिसहरु विरक्तिबाट ग्रसित हुन सक्ने खतरा बढी हुने देखाएका छन् ।
यही कारणले हरक्षण उत्साहप्रवर्दक गतिविधिले भरिएको आजको विश्वमा पहिलो नजरमा मनमोहक लाग्ने कुरा अब कमै त्यस्तो लाग्छ र कुनै समय केही रोचक लाग्ने कुरा एकदमै नीरस लाग्छन् ।
बच्चाहरुलाई सानैमा बोर हुन दिनु अझ विशेष महत्त्वपूर्ण छ । यसलाई ठूलाहरुले पन्छाइदिनुपर्ने अथवा निर्मुल गरिदिनुपर्ने “एक समस्या” सम्झिइनुहुन्न । बरु त्यसलाई बच्चाहरु आफैले सामना गर्नुपर्ने कुराको रुपमा लिइनुपर्छ ।
हामीहरुले बालबालिकाहरुलाई त्यसरी तालिम दिन रोकिसकेका छौं । अधिकांश उपयोगी सूचनाहरु सुस्त, फिका र निश्चित रुपले दुई आयामिक हुन्छन् । यस्ता सामग्री आत्मसात गर्न सिकाउनुको सट्टा विद्यालयहरु बालबालिकाहरुले आस गर्ने रमाइलो कुरा समावेश गराइरहेका छन् ।
शिक्षकहरु धेरैभन्दा धेरै समय दृश्यात्मक र “अन्तरकृयात्मक शिक्षण” ९यसलाई पढ्दा ःडिजिटल स्कृन, खेल भनेर सम्झनुस्० मार्फत् विद्यार्थीहरुलाई उल्झाइराख्ने तयारीमा बिताउँछन् । विद्यार्थीको एकाग्र अवधि छोटो भएकाले यसो गरिएको तर्क गरिन्छ ।
तर्क अनुसार बच्चाहरु लामा लेक्चरहरु सुन्न सक्दैनन् । त्यसैले सिकाइलाई सजिलै लिन सक्ने बनाउने जिम्मा हाम्रो हो ।
मनोरञ्जनमा जोड दिनुभन्दा बालबालिकाहरुलाई विरक्ति सहन सिकाउँदा यथार्थपरक भविष्यको तयारीको लागि सहयोग पुग्छ । यसले भविष्यको जीवन र रोजगारीलाई लिएर बालबालिकाहरुमा झुटो अपेक्षा विकास हुँदैन ।
हाम्रा बच्चाहरुले भविष्यमा आफूलाई मनपर्ने जागिरनै गरिरहँदा पनि उनीहरुलाई कुनै शुक्रबार अनुत्तरित इमेलको जवाफ लेखेर बिताउनुपर्ने हुन सक्छ अथवा खातापत्र जाँचेरै बिताउनु पर्न सक्छ । अथवा तिनले इन्टरनेटजडित विशाल गोदामघरमा रोबर्टहरुलाई सघाउनुपर्ने हुन सक्छ ।
कस्तो विरक्त लाग्दो सुनिएको भनेर निष्कर्ष निकाल्नुभयो होला । यो त जागिरजस्तै सुनिन्छ र यो त जीवनजस्तै सुनिन्छ लाग्यो होला । सम्भवत हामीहरु पुनः यसमा अभ्यस्त हुुनुपर्छ र यसलाई हाम्रो फाइदाको लागि प्रयोग गर्नुपर्छ । सम्भवत निरन्तर चुनौतीपूर्ण बन्दै गएको संसारमा हामीहरु केही कम उत्साहबीच पनि काम चलाउन सक्छौं ।
(न्यूयोर्क टाइम्समा प्रकाशित आलेखको अनुवाद : रातोपाटीबाट)
स्रोतः https://www.nytimes.com/2019/02/02/opinion/sunday/children-bored.html