भरतपुर महानगरपालिका वर्डा नम्बर २८ को भवन शिलान्यास ।
चितवन, २७ माघ । भरतपुर महानगरपालिकाकी नगर प्रमुख मेयर रेनु दाहालले व्यवस्थित र सुविधासम्पन्न वडा कार्यालय सुशासनको आधार भएको बताएकी छिन् । भरतपुर महानगरपालिका वडा नम्बर २८ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रमलाई मेघौलीमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सुशासनको आधार भनेको ब्यवस्थित र सुविधासम्पन्न कार्यालय भएको बताउँदै उनले महानगरपालिकाले अभियानको रूपमा वडा कार्यालयहरू निर्माण गरिरहेको जानकारी दिदै निर्माणाधीन वडा कार्यालय गुणस्तरीय ढंगले समयमै सम्पन्न गर्न निर्माण ब्यावसायीलाई आग्रह गर्दै त्यसको रेखदेख र अनुगमन गर्न वडा समिति र प्राविधिकहरू लाई निर्देशन समेत दिएका थिए । महानगर प्रमुख दाहालले गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० को काम सुरु भइसकेको जानकारी दिँदै धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्ने क्रिकेट रंगशालाको लागि आवश्यक सहयोग र सहकार्य भरतपुर महानगरको रहने बताएकी थिइन् ।
ब्ततबअजmभलतक बचभब