बैंक तथा बित्तिय संस्थामा ब्याजदर वृद्धि भएको प्रति उद्योग बाणिज्य संघ चितवनको ध्यानाकर्षण ।
प्रनिश थापा , चितवन , २२ माघ । बैंक तथा बित्तिय संस्थामा एकतर्फी रूपमा व्याजदर वृद्धि भएको प्रति उद्योग बाणिज्य संघ चितवनले आफ्नु गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले आज एक प्रेस बिज्ञप्ती निकाल्दै बैंक तथा बित्तिय संस्थाले व्याजदर वृद्धिलाइ तत्काल नियन्त्रण गर्दै समस्या समाधान गर्ने प्रतिबद्धता कार्यान्वन नै नगरी एकतर्फी रुपमा ब्याजदर बढाएको आरोप लगाएको हो ।
