Breaking News

इच्छाकामना गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न

कुरिनटार, १७ माघ । चितवनको एकमात्र गाउँपालिका ईच्छाकामना गाउँपालिका चौंथो गाँउसभा आज सम्पन्न भएको छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षता सम्पन्न गाउँसभाले विभिन्न ७ विद्ययकहरु पारित गरेको छ ।
आर्थिक साह्यता वितरण सम्बन्धि कार्यविधि २०७५, इच्छाकामना गाउँपालिकाको अनुगमन तथा मुल्यांकन सम्बन्धी कार्यविधि २०७५, फोहोर मैला व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५, अपांगता भएका व्यक्तिहरुको परिचयपत्र वितरण कार्यविधि २०७५, विपद् व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५, इच्छाकामना गाउँपालिका विद्यालय छात्रवृत्ति वितरण व्यवस्था सम्बन्धि कार्यविधि, इच्छाकामना गाउँपालिका विद्यालय व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५ र शिक्षक छनौट सम्बिन्ध कार्यविधि २०७५ पारित गरिएको गाउँपालीकाकी प्रवक्ता सावित्रि गुरुङले जानकारी दिईन् ।
सो अवसरमा गाउँपालिकाले दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति समेत वितरण गरेको छ। गाउँ सभामा गाउँपालिकाले एमबिबिएसमा अध्ययनरत शुष्मा गुरुङ र इन्जिनियर तर्फ सन्तोष थापा क्षेत्रीलाई जनही रु ५०र५०हजारका दरले आर्थिक साहायता वितरण गरेको हो। कार्यक्रममा उनिहरुको अभिभावकलाई गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङ र उपाध्यक्ष कृतिकुमार श्रेष्ठले चेक हस्तान्तरण गरेका थिए।
यसैबीच गाउँसभाले दुई जना कर्मचारीलाई सम्मान गरेको छ । जिम्मेवारीको अतिरिक्त अन्य थप भूमिका समेत निर्वाह गरी पूर्ण इमानदार भई उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तर्फबाट कर्मचारीद्वय राजन घिमिरे तथा कविता पोखरेललाई उच्च मूल्यांकन स्वरुप जनही नगद रु।१०हजार र सम्मान पत्रले कदर गरिएको थियो ।

sahid diwas