दुर्घटना न्यूनीकरणका लागि चितवन ट्राफिकको सक्रियता बढदो ।
सार्वजनिक सवारी साधनको यन्त्र र चालकको परीक्षण ।
चितवन, माघ १७–
चितवनमा बढदो दुर्घटना न्युनिकरणको लागी चितवन ट्राफिकले एक पछी अर्को अभियान सञ्चालन गरिरहेको छ । दुर्घटना न्यूनीकरणका लागि चितवनको ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरु गर्दै आफ्नो सक्रियतालाई बढाउदै लगेको हो । सोहीक्रममा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधन बढि दुर्घटनामा पर्ने गरेको भन्दै सवारीको यान्त्रीक अवस्था र चालकको अवस्था बारे बुझ्न परिक्षण कार्यक्रम शुरु गरेको छ ।
सम्भावित दुर्घटना तथा क्षतीलाई न्यूनीकरण गर्ने उद्देश्यले ।आज ९बिहिबार० ट्राफिक प्रहरी कार्यालय, बकुल्लहर रत्ननगर अस्पताल, शिवकृपा अटो वर्कशप टाँडीको संयुक्त आयोजनामा सवारी साधनको यान्त्रीक परीक्षण तथा चालकहरुको स्वास्थ्य जाँच गरिएको छ ।
३ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक नविनराज राईको प्रमुख आतिथ्यमा तीन घण्टासम्म रत्ननगर नगरपालिका–१ कृष्ण मन्दिर चोकमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा ४६ वटा सवारीको यान्त्रीक परीक्षण र ७८ जना चालकको स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
परीक्षण गरिएको सवारी मध्येमा ६ वटा सवारीमा फ्यान वेल्ट खिईएको, मोविल चुहिने जस्ता समस्या देखिएको थियो भने १३ जना चालकहरुलाई ब्लड प्रेसरको समस्या देखिएकोले थप उपचारको लागि सम्बन्धित अस्पतालमा जान सुझाव दिईएको उनले बताए । त्यस्तै चेकजाँचको क्रममा २ जना सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी ९मालबाहक० चलाएको पाईएकोले सम्बन्धित सवारी धनिलाई सम्पर्क गरी सवारी जिम्मा लगाई आवश्यक कारवबाहीको लागि सवारी चालक अनुमतिपत्र नियन्त्रणमा लिईएको थियो ।