चितवनको भण्डारामा एक महिलाको हत्या

घटनास्थलमा कुकुर सहितको अनुसन्धान टोली,


सुर्य बराल / चितवन,माघ १५ / चितवनको भण्डारामा गएराती एक महिलाको हत्या भएको छ । राप्ती नगरपालिका वडा नम्बर ६ मुडाभार बस्ने ५० बर्षिय रुपा थापाको सोमबार राती हत्या भएको हो । घरमा एक्लै भएको अवस्थामा उहाँको हतियार प्रयोग गरेर हत्या गरिएको स्थानियले जानकारी दिएका छन् । विहान अवेरसम्म घरबाट बाहिर ननिस्केपछि स्थानियले ढोका खोलेर हेर्दा हत्या भएको थाहा पाएपछि  प्रहरीलाई खवर गरेका थिए ।

रुपाका श्रीमान धमौरा आधारभूत विद्यालयका निवर्तमान प्रध्यानाध्यापक एक हप्ताका लागि इन्डोनेशियाको भ्रमणमा गएका छन् । उनका एक छोरा काठमाडौं र अर्का एकजना अमेरिकामा बस्छन् । रुपाले घरमै कुखुरा र गाईपालन गर्दै आएकी थिईन्। घरमा उनीसंगै घरमा काम गर्ने धादिङ घर भएका १४ बर्षिय एक बालक पनि रहेको प्रहरीले जानकारी दिएको छ । तर उनि घर बाहिर छुट्टै बस्दै आएका थिए ।
सोमबार छिमेकमा दुईवटा बिबाह परेको र बिबाहको बाजागाजा तथा रमझमका कारण पनि घटनाबारे थाहा पाउन नसकेको स्थानियले बताएका छन । विहान ८ बजे घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहाले  जानकारी दिए । घटनाको अनुसन्धानका लागी प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट कुकुर सहितको अनुसन्धान टोली पनि आएको चितवन प्रहरीले जानकारी दिएको छ । अपराधीको नजिक पुगिसेकेको चितवन प्रहरी निकट एक सुत्रले जानकारी दिएको छ । प्रहरी उपरिक्षक शाहले भण्डाफोर अभियानसँग कुरा गर्दै   हत्यामा सँलग्न अपराधी पत्ता लागीसकेकोजानकारी दिए ।