स्ववियु निर्वाचनमा कांग्रेसको अनिच्छा
काठमाडौं / सरकारले त्रिभुवन विश्वविद्यायलअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो ।
त्रिविको क्यालेण्डरअनुसार फागुन १४ मा नै स्ववियु निर्वाचन गराउने पक्षमा सरकार छ । आइतबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले स्ववियु निर्वाचनका लागि सरकारले राजनीतिक माहोल बनाउनु पर्नेमा जो दिए ।आजको अन्नपूर्णबाट ।