Breaking News

बाँदर समात्न गाँउपालिकाले छुट्यायो पाँच लाख बजेट

सिन्धुपाल्चोक / त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रण गर्न बजेट विजियोजन गरेको छ । बाँदरले बालीनाली सखाप पारेको आवाज किसानहरुबाट आएपछि यसको नियन्त्रण गर्न गापाले पाँच लाख विनियोजन गरेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका, ३ का धुस्कुन चित्रेपाटीका कृषक भक्तबहादुर कार्कीले बाँदर नियन्त्रण हुने आशा पलाएको बताए । ‘बाँदरको हुलले आलु, साग, काउली उखेलेर हैरान बनाएपछि हामी दिक्क थियौँ,’ उनले भने, ‘तीन वटा कुकुर राखेर खेद्दा पनि केही लागेन ।’ उनी मात्र होइन, गापाका कृषकहरुले स्थानीय सरकारलाई गुहारेपछि बजेट छुट्टाएको हो । कान्तिीपुरबाट।

sahid diwas