बिप्लव माओवादीले लगाएको काँडेतार चितवन प्रहरीले हटायो
चितवन , ९ माघ । बिप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले मंंगलबार पश्चिम् चितवनको माडी नगरपालिकास्थित मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा लगाइएको काँडेतार चितवन प्रहरीले हटाइएको छ । अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार झन्डै ३० मिटर लामो रहेको थियो । भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको भन्दै आक्रोशित भनेका बिप्लव माओवादी निकट अखिल क्रान्तिकारीको चितवन जिल्लाका अध्यक्ष चिरञ्जीवी ढकालले मंगलबार दिउँसो चार बजेदेखि लगाइएको काँडेतार राती हटाइएको हो । बिप्लव माओवादीले काँडेतार लगाएको खबर विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएलगत्तै प्रहरी प्रधान कार्यालयले आफ्नु गम्भीर ध्यानाकर्षण भएको र तत्कालै काँडेतार तत्कालै हटाउन आदेश दिएपछि ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब निरीक्षक उमेश कोइरालाको कमान्डमा घट्नास्थल पुगेका प्रहरी टोलीले काँडेतार हटाइएको नेपाल प्रहरीका प्रबक्ता उत्तम राज सुबेदीले जानकारी दिए । यता, तीन नम्बर प्रदेश प्रहरी कार्यालयले समेत काँडेतार हटाउन चितवन प्रहरीलाई आदेश दिएको थियो । भारतले जङ्गेपिलर नेपालभित्र सारेर मात्र नभएर कोसी, गण्डक नहर निर्माण गर्दा र महाकाली सन्धि गर्दा समेत नेपाली भूमिमाथि अतिक्रमण गर्दैआएको बिप्लव माओवादी निकट अखिल क्रान्तिकारीको ठहर छ । नेपालको भूभाग कालापानीमा दर्शकौं देखि भारतीय सेनाले क्याम्प खडा गरेको बताइएको छ । सन् २०१५ ९२०७२ साल० मा मात्र नेपालको भूमि लिपुलेक भारतले आफ्नो भनी चीनसँग सम्झौता गरेको छ । यसका बारेमा चौतर्फी विरोध भएपछि चीन सम्झौताका बारेमा पुनर्विचार गर्न तयार हुँदा पनि नेपाल सरकारले कुनै चासो देखाएको छैन । केही वर्षअघि १९५० को सन्धिलगायत नेपाल–भारतको सीमा समस्या समाधान गर्ने भनेर भेषबहादुर थापाको नेतृत्वमा गठित प्राज्ञिक समूहले तयार पारेको प्रतिवेदन अहिलेसम्म भारतीय सरकार पक्षले बुझ्न आनाकानी गरिराखेको समेत उनीहरुको तर्क छ । त्यसमा सीमा समस्याका बारेमा विवादास्पद कुरा लेखिएको भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न मानिराखेका छैनन् । भारतले मिचेको ७८ हजार हेक्टर जमिन फिर्ताका लागी दबाबस्वरुप काँडेतार लगाइएको अध्यक्ष ढकालले बताए । ‘नेपालको ७१ ठाउँमा भूमी मिचिएको छ, मिचिएको भूमी फिर्ता हुनुपर्छ । मिचिएका अन्यत्र सीमा मिचिएको ठाउँमा काँडेतार लगाउँछौं,’ ‘७८ हजारभन्दा भूमि फिर्ता नगरेसम्म आन्दोलनका कार्यक्रम जारी रहने अध्यक्ष ढकालले बताए