साप्तहिक सञ्जाल चितवनको अध्यक्षमा बरिष्ठ पत्रकार ढकाल ।

सुर्य बराल /माघ ७/चितवन/ चितवनमा नियमित प्रकाशित साप्ताहिक पत्रिकाका सञ्चालक एवं चितवनमै पत्रकारितामा क्रियाशिल पत्रकारहरुको आईतबार भएको भेलाले जिल्लाका बरिष्ठ पत्रकार नबराज ढकालको अध्यक्षतामा साप्तहिक सञ्जाल चितवनको पुर्नगठन गरेको छ ।

सञ्जालको बरिष्ठ उपाध्यक्षमा टिकादत्त तिमल्सेना, उपाध्यक्षमा सुर्य बराल(क्षितीज), महासचिवमा राजेन्द्र आचार्य, सचिवमा शान्ता अधिकारी र नविनबावु मरहटठ, त्यस्तै कोषध्यक्षमा हरि कार्की (लक्की) र सदस्यहरुमा सुवास पण्डीत, हरी उप्रेती भुवन, पूर्ण शर्मा र अमिर रामदाम रहेका छन् ।

भेलाले चितवनका बरिष्ठ पत्रकार गणशेखर शर्माको संयोजक्त्वमा सल्लाहाकार समिती पनि गठन गरेको छ । सल्लाहाकार समितीका सदस्यहरुमा सुरेशचन्द्र अधिकारी, शान्ता अधिकारी, गोपाल परियार, सुमन गैरेलगाएतका रहेका छन् । भेलाले बरिष्ठ उपाध्यक्ष टिकादत्त तिमल्सेना नेतृत्वको उपसमितीलाई संगठन दर्ताको लागी जिम्बेवारी सुम्पिएको छ ।

भेलापछीको बैठकले आगामी फागुण ४ गते सञ्जालका सदस्यहरुको पिकनिक कार्यक्रम राख्ने लगाएतका महत्वपूर्ण निर्णयहरु लिएको नबनिवार्चित अध्यक्ष नबराज ढकालले बताए । अध्यक्ष ढकालले २ बर्षभित्र आफुले सञ्जाललाई नँया पहिचान दिने गरी शसक्त रुपमा कार्यक्रमहरु अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।