कम्पनी रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार १ लाख घुस सहित रंगेहात पक्राउ
काठमाडौं– कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीता कुमारी पन्थी एक लाख घुस रकम सहित रंगेहात पक्राउ परेकी छिन् ।
आज मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–१४ स्थित एन. इम.बि. बैंकको पार्किङ्ग एरियाबाट पन्थीलाई नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजस्व रकम कम गरिदिने बहानामा सहायक रजिष्ट्रार पन्थीले सेवाग्राहीसँग घुस रकम माग गरेको बताइएको छ ।
सहायक रजिष्ट्रार पन्थीले सेवाग्राहिसँग लिएको १ लाख घुस रकम आफ्नी छोरी पोषण पन्थीलाई राख्न दिएको आयोगले जनाएको छ । अख्तियारले पन्थीकी छोरी पोषण पन्थीलाई पनी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान शुरु भएको अख्तियार दुरुपयोग अुनसन्धान आयोगले जनाएको छ ।