खतरा देखेर चीनले गर्यो चर्चहरु बन्द
नेपालको आँखा कहिले खुल्ने
२०७५ पौष २९ आइतबार /एजेन्सी / काठमाडौं । आफ्नो धर्म र संस्कृतिमाथि खतरा देखेर चीनले चर्चहरुको गतिबिधि बन्द गर्यो ।
जसको चर्चा अन्तराष्टियरुपमै भइरहेको छ । तर नेपालको आँखा कहिले खुल्ने रु आम नागरिकले प्रश्न उठाएकाछन् । नेपालमा पनि इसाईकरण तिब्ररुपले बढेको छ ।
इसाईहरुका गतिविधिले आफ्नो देशको मौलिक धर्म र संस्कृतिमाथि खतरा देखेर चीनले धेरै चर्चहरु बन्द गराएको हो ।
चीनले बाहिर देखिनेगरी भन्दा पनि गुप्त रुपमा सो कार्यलाई प्राथमिकतामा राखी चर्चहरु बन्द गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
केही समयअघि मुस्लिमहरुको गतिविधिमाथि नियन्त्रणकारी कार्य गरेको चीनले आफ्नो धर्म र संस्कृतिको रक्षाको लागि प्रयास थालेको हो ।
खतरा महसूस
रिपोर्टमा भनिएको छ कि जहाँ दुनिया भरको करोडौं इसाई क्रिसमस मनाईरहेको बेलामा गरिएको यो आक्रमण चीनले आफूमाथि आईपर्न सक्ने संकट दूर गर्नको लागि गरिएको हो ।
चिनियाँ राष्ट्रपति शी चिनफिङ्ग यो कुरामा चिन्तित छन् कि नास्तिक कम्युनिष्ट सत्ताधारीका लागि क्रिश्चियन धर्मालम्बीहरुद्वारा संकट पैदा हुनसक्छ । चिनियाँ कम्पुनिष्ट पार्टीले पनि इसाईहरुलाई पार्टीको नियन्त्रणमा लिन माग गरेको थियो ।
चीनको सरकारले यही वर्ष नै बाइबलको अनलाइन बिक्रीमाथि प्रतिबन्ध लगाएको थियो । यो काम पनि इसाईहरुलाई राज्यको नियन्त्रणमा ल्याउने प्रयास स्वरुप नै भएको बताईएको छ । पार्टीको विश्लेषण अनुसार इसाई धर्म चीनमा तीब्र रुपमा चलिरहेको छ । जुन धर्मले पश्चिमी संस्कृतिलाई बढावा दिन्छ ।
चीन सरकारले क्रिसमसको पूर्व सन्ध्यामा चेन्गदू प्रान्तमा रहेका सबै चर्चहरु बन्द गरिदिएको बताइएको थियो ।
न्यूयोर्क टाइम्समा छापिएको एक रिपोर्ट अनुसार गु बाओलुओ केही महिनादेखि चीनको सबैभन्दा ठूलो मानिने प्रोटेस्टेन्ट चर्चमा क्रिसमस सेलिब्रेशनको तयारीमा थिए ।
तर, डिसेम्बरको शुरुवातको एक दिन चीन सरकारले सो प्रार्थना स्थललाई बन्द गरिदिएको थियो । चिनियाँ प्रहरीले सो प्रान्तमा रहेका बाँडिएका तथा राखिएका इसाईहरुको धार्मिक ग्रन्थ बाइबललाई समेत जफत गरेका थिए ।
चर्चद्वारा चलाइएका विद्यालयहरुलाई बन्द गरिएको तथा विभिन्न स्थानमा तोडफोडका लागि उक्साएको आरोपमा अर्लि रेनका पादरीलाई समेत हिरासतमा राखिएको छ । ती पादरीलाई पाँच वर्षसम्म कारागार सजाय हुनसक्ने बताइएको छ ।
चीनले आफूमाथि आइपर्न सक्ने संकटलाई टार्नका लागि यस्तो कार्य गरेको बताइएको छ ।
चिनियाँ राष्ट्रपति शी चिनफिङ्ग यो कुरामा चिन्तित छन् कि नास्तिक कम्युनिष्ट सत्ताधारीका लागि क्रिश्चियन धर्मालम्बीहरुद्वारा संकट उत्पन्न हुनसक्छ ।
चीनको सरकारले यही वर्ष नै बाइबलको अनलाइन बिक्रीमाथि प्रतिबन्ध लगाएको थियो ।