कंञ्चन चौथो खुल्ला पुरुष नकआउट भलिवल प्रतियोगिताको तयारी पुरा ।

चितवन २८ पुष । कंञ्चन चौथो खुल्ला पुरुष नकआउट भलिवल प्रतियोगिताको तयारी पुरा भएको छ । भरतपुर २१ कंञ्चनवस्ति पार्वतीपुरमा रहेको कंञ्चन समाज विकास परिषद्को आयोजनामा भोलि पुस २९ देखि माघ १ सम्म प्रतियोगिता हुनेछ । माघे सक्रांन्तिको बिषेश अवसर पारेर कंञ्चन बाल उद्यानको खेलमैदानमा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको भोलि प्रदेश सांसद रामलाल महतोले उद्घाटन गर्ने कार्यक्रम छ । “कंञ्चन समाजको चाहना खेलकुद विकासको कामना” भन्ने मुख्य नाराका साथ् कार्यक्रम आयोजना गरिएको परिसदका अध्यक्ष विकास भट्टले जानकारी दिए । भलिवलमा सशस्त्र प्रहरीको एपिएफ क्लब , आर्मी र चितवन टाइगर्स लगाएत जिल्ला भित्रका गरि १० भन्दा बढी टिमको सहभागिता रहने भट्टले बताए । स्थानीय स्तरमा भलिवल खेलको लोकप्रियता कायम गरि प्रतिभावान खेलाडी उत्पादन गर्न खेलले निरन्तरता पाउने गरेको उनको भनाइ छ । खेलकुदले भातृत्व र साथीत्वको भावना विकास गर्ने सस्थाका सचिव सरोज थपलियाले बताए । विगत २०७२ देखी प्रतियोगिता गर्न सुरु गरिएको उनि बताउछन् ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार सहित सिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन । दोस्रो हुनेले ३० हजार सहित सिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन । सेमिफाइनल पुग्ने २ टिमलाइ समान १० हजार सिल्ड मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । पश्चिम चितवनको पुरानो क्लब कंञ्चन समाज विकास परिसदले हरेक बर्ष खेलकुदका कार्यक्रम गर्दै आएको छ । परिसदले कंञ्चनवस्तीमा कंञ्चन उद्यान र खेलमैदानको संमक्षण र संवद्धन गर्ने गरेको छ ।