देवचुलि नगरपालिकामा ट्राभल एजेन्सि


पौष २३, नवलपुर
नेपालकै दोस्रो वालमैत्रि नगरपालिका देवचुलिमा पर्यटकहरुको सुबिधालाई मध्यनजर गर्दै ट्राभल एजेन्सि खोलीएको छ । देबचुली पर्वत, एक सिङ्गे गैडाको बाँस स्थान, नारायणी नदीको तटिय क्षेत्र र चितवन राष्टिय निकुञ्ज क्षेत्र,नेपालकै एकमात्र सामुदायिक प्राकृतिक चिकित्सालय जस्ता महत्व वोकेको देवचुलि नगरपालिकामा पछिल्लो समय सि जि सास्वत धामको सुरुवाती सङ्गै आन्तिरक तथा वाह्यय पर्यटकको आगमनमा वृद्धि भईरहेको सन्दर्भमा पर्यटकको आगमन लाई थप बढवा दिने तथा देवचुलि नगरि वरपर रहेको धार्मिक तथा पुरातात्त्विक महत्वलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि देवचुलि नगरपालिका वडा न २, दुम्कौलिमा टुर एण्ड ट्रावल एजेन्सी सञ्चालनमा ल्याउन लागीएको हो ।
नगरपालिका भित्र नवलपुरमै एकमात्र लिफ्ट भएको होटल, केहि तारे होटलहरु, होम स्टे सञ्चालनमा रहि रहेकोमा टुर एण्ड ट्रावल सञ्चालन पश्चात् थप पर्यटकको सङ्यामा वृद्धि हुने अपेक्षा रहेको वताउनुहुन्छ ट्रावल्स सञ्चालक वुद्दि सागर पौडेल । विशेषगरी स्थानिय स्तरमा केन्द्रीत रहि यहि नगर र वरपरका महत्वपुर्ण स्थानहरुलाई पहिचान तथा प्रचार प्रसार गर्ने लक्ष्य रहेको यस एजेन्सीमा लामो समय विभिन्न क्षेत्रमा कार्य गरि सक्नुभएका अनुभवि युवा हरुको समूह रहेको छ ।
सञ्चालक रोसन पौडेलका अनुसार माघ महिनाको पहिलो हप्तावाट सञ्चालनमा आउन लागेको यस एजेन्सीवाट सुरुवाति चरणमा लोकल होलिडे प्याकेज, देशैभरि गाडि वुकिङ, देवचुलि हिल ट्रेकिङ, चितवन राष्ट्रिय निकुञ्जमा हात्ती वुकिङ, जिप सफारि, डुङ्गा सयर, होटल र होम स्टे वुकिङ, दैनिक नारायणगढ देखि दिल्लि वस, अल इन्डिया ट्रेन, सबै खाले एयर टिकटिङ्ग, मनकामना केवलकार टिकटिङ्ग, लुम्विनि ड्रप जस्ता सेवाहरु दिईने छ ।
पर्यटकिय गतिविधीलाई वढाउनका लागि सरोकारवाला संघ सस्थाहरुको सहकार्यमा थप कार्यक्रम हरु सञ्चालन गर्दै लगिने जानकारि दिनुहुन्छ सञ्चालक मध्यका एक गंगाधर सुवेदी । विनोद सिलवाल भन्नुहुन्छ, युवा परिवर्तनको संवाहक हुन् युवाले गरे सम्भव छ, समृद्ध राष्ट्र निर्माणमा युवाहरु लाग्नुपर्छ भन्ने मुल ध्ययका साथ युवाहरु एकजुट भई यश कार्यमा लागेका छौ ।
भिजिट नेपाल २०२० लाई केन्द्रीत गरि थप नया कामहरु पनि गर्ने जनाईएको छ । डि.आर. क्षेत्रीको सहयोगमा