सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एटिएम सेवा सञ्चालनमा ।


प्रनिश थापा , चितवन , २३ पौष । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवनको नारायणगढ शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख सञ्चालक अधिकृत दीपेश प्रधानले एटिएम उद्घाटन गरेका हुन्। बैंकले काठमाडौँ उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्सटेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्सटेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ गरी जम्मा एक सय २७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ। उद्घाटन पश्चात बैंकले ५८ वटा एटिएमबाट सेवा प्रदान गर्ने छ ।
ब्ततबअजmभलतक बचभब