नेपाल बैंकको चरम लापरबाही : ६ तोला सुन बैंकबाटै गायब !
प्रनिश थापा , चितवन , २१ पौष । के तपाईं बैंकमा सुनचाँदी गहना राखेको छु भनेर ढुक्क त हुनुभएको छैनन् रु यदी त्यसो हो भने सचेत हुनुहोस् । तपाईंको सामान सुरक्षित नहुन पनि सक्छ । हो, नेपाल बैंक गितानगर शाखाका कर्मचारीको चरम लापरवार्हीका कारण गितानगर निवासी खगराज पाठकको झण्डै करिब ६ तोला बढी सुन गायब भएको छ । १ वर्ष अगाडी बैंकमा सुन राखेर १ लाख ४५ हजार नगद पैसा निकालेका पाठकको १ वर्ष पछाडी सुनको समय अवधि थप गर्न जाँदा खाताबाटै सुन हराएको पाइएको हो । आफुले बुझ्दै जाँदा त्यहाँका सुन कर्जाका कर्मचारीले आफ्नो खातामा रहेको सुन अर्कैको खातामा टान्सफर गरेको जानकारी पाएको पाठकले बताए । साथी सुनको ब्याज तिरी पुनरिन्यु गर्न बैंक गएको र सोही बेला साथीकै नाममा बैकका कर्मचारी ले खाता खोली सो सुन उनकै खातामा टान्सफर गरेको हुनसक्ने शंका पाठकले गरेका छन् ।आफुलाई बैकका कर्मचारीले सुन लगेको भनेर जवरजस्ती हस्ताक्षर गर्नुस भनी दवाव दिएको समेत पाठकको गुनासो छ । आफ्नो कुनै हस्ताक्षर र आफुलाई जानकारी बिना नै त्यत्रो सुन बैकबाटै हराउनु सुन कर्जाका कर्मचारी सुजन कोईराला र बैकको नै चरम लापरबार्ही भएको उनको भनाई छ ।