फोहर ब्यबस्थापनमा भरतपुर महानगर कम्जोर!
नारायणगढ बजारको ढल र फोहोर सिधै नारायणीमा
सुर्य बराल । चितवन । २० पौंष । चितवनको भरतपुर महानगरपालिका कार्यालय फोहर ब्यबस्थापनमा निकै कम्जोर देखिएको छ । नगरबाट उठाउने फोहरको उचित ब्यबस्थापन गर्न नसक्दा महानगरपालिका कार्यालय फोहर ब्यबस्थापनमा कम्जोर देखिएको हो । महानगरले २९ वटै वडाबाट निस्कने फोहरलाई वडा न.तिन स्थित बाह्रघरे नजिकको नगरवन क्षेत्र नजिकै सिधै नारायण्ीमा लगेर गाड्ने गरेको पाईएको हो । यसरी महानगरले फोहर ब्यबस्थापनमा लापारबाही गरेको पाईएको हो ।
महानगरको फोहर बर्षौंबाट किन नारायणीमा ?
भरतपुर महानगरबाट निस्कने फोहर बर्षौबाट नारायणी नदीमा डम्पीङ्ग गरिदैं आएको छ । महानगरबाट दैनिक ६५ टन फोहर नारायणी नदीको बगरमा डम्पीङ्ग गरिदै आएको भएपनि यो बिषयमा आफुलाई असली बाताबरणविद भन्नेहरु पनि कानमा तेल हालेर बसेका छन् ।
देख्दा सामान्य लागेपनि नारायणी नदीमा यसरी बर्षौंबाट दैनिक ६५ टनको दरमा जम्मा हुने फोहर डम्पीङ्ग गर्दा त्यस्ले बाताबरणमा के कति असर परेको छ, स्थानियलाई के असर परेको छ , नारायणी नदीमा आश्रीत जलचर थलचर प्राणीहरुलाई कति असर परेको छ भन्ने बिषयमा महानगर बेखबर होईन् लापारबाही गरिरहेको छ । महानगरले बाताबरण मैत्री शहर बनाउने जति नै अठोट लिएपनि यसरी शहर भएर बग्ने नदीमा फाहेर बिसाउनाले त्यो अठोट फुस्रो भाषण र हावादारी कागाजी योजनामा सिमीत बन्न पुगेको छ । किन यतिका बर्षसम्म महानगरले फोहरको अन्यत्र ब्यबस्थापन नगरी नारयाण्ीमै डम्पिङ्ग गरिहेको छ यो आम चासो र चिन्ताको विषय भएपनि यस बिषयमा खासै अहिले सम्म कसैले मुख खोलेका छैनन् ।
यसैविच यस बिषयमा शहरको फोहर किन नारायणीमा ? भन्ने हाम्रो प्रश्नमा महानगरका कार्यकारी अधिकृत नेत्र प्रसाद सुबेदीले त्यो आफुहरुको बाध्यता भएको स्विर्कादै कोरियनहरुसँग सहकार्य गर्दै फोहर ब्यबस्थापनको दिर्घकालिन योजना बनाउदै गरेको बताए । कति समयसम्म नारायणीमा फोहर डम्पीङ्ग गर्नुहुन्छ त् ? भन्ने हाम्रो प्रश्नमा र्कायकारी अधिकृत सुदेदीले कुनै समयसिमा भने बताउन सकेनन् ।
यसबाट पनि भरतपुर महानगर फोहोर ब्यबस्थापनमा कम्जोर साबित देखिएको छ ।
फोहोर सहितको ढल सिधै नदीमा ।
नारायणगढको फोहर पानी सहितको ढल सिधै नारायणीमा मिसीने गरेको पाईएको छ । वडा न. एकको नदी किनारको उत्तरपट्टिको क्षेत्र अर्थात उद्योग वाणिज्य संघले चितवन महोत्सव गर्न लागेको स्थानमा सात ठाउँबाट ढल सिधै नदीमा मिसिने गरेको हो ।
यसरी बिना प्रशोधन शहरको ढल नदीमा फालिँदा नारायणी नदी दिनप्रतिदिन प्रदुशित हुँदैं जाने अवस्था उत्पन्न भएको छ । यो बिषयमा न त् महानगरले खासैं चासो दिएको छ, न त् बाताबरणमैत्री शहरको हवला दिदैं डलर पचाउने एनजिओ आईएनजिओहरुले नै यस्तो कार्य रोक्नको लागी कुनै तदारुक्ता देखाएका छन् ।
यधपी यहि तरिकाले महानगरको ढल नारायणीमा मिसाईएमा नारायणी नदीको अवस्था पनि काठमाडौँको वागमती भन्दा कम नहुने भन्दैं वातावरण संरक्षकहरुले भने चिन्ता व्यक्त गरेका छन् ।
चितवनमा सरसफाइ अभियानमा निरन्तर जुटिरहेका चितवनका प्रदेश सांसद विजय सुवेदीले सबै एरियामा ट्रिटमेन्ट प्लान्ट नभएकोले ढल सिधै नारायणीमा मिसिएको भन्दै चिन्ता व्यक्त गरका छन् । उनले नयाँ ट्रिटमेन्ट प्लान्ट बनाउनको लागि कानुनी हिसाबले महानगरले ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन् ।
त्यस्तै, महानगरका कार्यकारी अधिकृत नेत्र प्रसाद सुबेदीले नदीमा सिधै ढल मिसाईने कार्य गलत भएको भन्दै आगामी बजेटमा योजना बनाई ढल ब्यबस्थापन गरिने बताए ।
भण्डाफोर अभियान साप्ताहिकबाट