नेपाल डेन्टल एशोसिएसन चितवन शाखाको अध्यक्षमा डा. खरेल

भरतपुर । पुस १८ गते/नेपाल डेन्टल एशोसिएसन चितवन शाखाको अध्यक्षमा डा. विष्णुमाया खरेल (बी.एम खरेल) चयन हुनुभएको छ । उपाध्यक्षमा डा. रिस्नु के.सी, सचिव डा. रोशन आचार्य, कोषाध्यक्ष डा. अनुप लुइटेल, सहसचिव डा. विष्णु सुवेदी र सदस्यहरुमा डा. रोशन भट्ट, डा. सुनिल खरेल, क्षितिज मिश्र र डा. लक्ष्मण पौडेल रहेको एशोसिएसनका निवर्तमान अध्यक्ष डा. अजय न्यौपानेले जानकारी दिएका छन् ।