फेसबुकमार्फत प्रचण्डलाइ गालीगलौज गर्ने कांँग्रेस कार्यकर्ता प्रधान तारेखमा छुटे ।
प्रनिश थापा, चितवन, ०९ पौष । सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गालीगलौज गर्ने नेपाली कांँग्रेसका महासमितिका सदस्य सुबोध प्रधान आइतबार साँझ तारेखमा छुटेका छन् । होटल सञ्चालक समेत रहेका प्रधानमाथि अध्यक्ष प्रचण्डलाइ गालीगलौज गरेको आरोप लागेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरका अनुसार आरोपी प्रधानले ६ बुदेँ आत्मआलोचना गरेसगैँ उनी तारेखमा छुटेको बताएका छन् । निजले अगामी दिनमा कोही कसै नागरिक प्रतिसमेत यस्तो किसिमको अभ्रद कार्य नगर्ने, अबका दिनमा यस्ता किसिमको कार्य समाजिक सञ्जालमा लेखे कोही रकुनै पनि पार्टीले निजलाई छुटाउन सहयोग नगर्ने, विद्युतीय अपराधमा मुद्दा चलाउन सहयोग गर्ने, फेरी यस्ता कार्य भए त्यहिंलाई प्रमाण मान्ने भनी घुडाँ टेकेर आत्मआलोचन गरेपछि उनलाई तारेखमा छाडेको एसपी राठौरले बताए । नेकपा अध्यक्ष ‘प्रचण्ड’ को मानमर्दनमाथि आँच आउने गरी प्रधानले पटकपटक स्टाटस लेख्ने गरेको भन्ने उजुरी प्रहरीमा परेपछि प्रधानलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । पक्राउ परेका उनलाई उनको परिवार, नेपाली काग्रेँस चितवनका सभापति जीतनारायण श्रेष्ठको रोहबरमा आत्मआलोचना गरेपछि हरेक दिन तारेख धाउने गरी छाडिएको चितवन प्रहरी जनाएको छ । सो अवसरमा नेकपा चितवनका यमबहादुर परियार, तेजेन्द्र खड्का, बद्री तिमिल्सीना, नेपाली काग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठ, सचिव उत्तम जोशी, नेपाल बार एसोशियसन चितवनका अध्यक्ष कमलराज पाठक र निजका दाजु सुभाष प्रधानको रोहबरमा छोडिएको थियो । नेपाली कांंग्रेसका महासमिति सदस्यसमेत रहेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाईल्डलाईफ रिसोर्टका प्रमुख एवम् तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।