मोस्ट वान्टेडलाइ कपिलवस्तुका यी सिडिओले दिन्छन् संरक्षण ।

प्रनिश थापा , काठमाडौंं, ०९ पौष । प्रहरी प्रशासनको काम कसरी हुन्छ अपराध न्यूनीकरण गर्नु हो । अपराध र अपराधीलाइ कानुनी कठघरामा उभ्याइ जनताले जीउन पाउने मौलिक हक र अधिकारलाइ सुसूचित गर्दै जिल्लालाइ स्वच्छ एंव भयरहित बनाउनु नेतृत्वकर्ताको पहिलो भुमिका र दायित्व पनि हो । तर, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेल आफ्नु यहीँ दायित्वबाट पन्छिएका छन् । उनै प्रजिअ पोख्रेलले जो मोस्ट वान्टेड प्रति सहानुभूती देखाउन समेत कहिले पछि नपर्ने गरेको समेत खुलासा भएको छ । मोस्ट वान्टेडको सुचीमा नेपाल प्रहरीले खोजी कार्यलाई तीब्र पारेका नसिम खाँ जो फरार छन् भनी प्रहरीले बारम्बार दाबी त गर्दैआएको छ । तर, सोही दाबीलाइ यहाँका प्रजिअ पोख्रेलले आफुसँगै एउटै मञ्चमा राखेपछि नागरिक समेत त्रासमा परेका छन् । कर्तव्य ज्यान र डाँका मुद्दाका फरार अभियुक्तसँगै बहालवाला कृषिमन्त्री र प्रजिअ एउटै मञ्चमा उपस्थित भएपछि देख्नेहरु आस्चर्यमा पर्नु पनि कुनै सामान्य कुरो होइनन् । घट्ना गत ३ पुसको हो । कपिलवस्तुको मायाँदेवी– २ अभिरावमा आयोजित मुसायरा वाचन एवं कवि सम्मेलनमा हत्या, डकैती, अपहरण लगायतका मुद्दा लागी पछिल्लो समय नेपाल प्रहरीको सर्वाधिक खोजीको सुचीमा खाँ सित नेपालका बहालवाला कृषिमन्त्री चक्रपाणि खनाल र प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल सहभागी भएको एउटा रात्रीकालीन मुसायरामा देखिएका छन् । मन्त्री खनाल एउटै मञ्चमा उनीसँगै विराजमान भएपछि स्थानीय सर्वसाधारणहरुमा समेत त्रास फैलिएको छ ।यता, घट्ना बारे कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलसित प्रतिक्रिया लिदा उनले मन्त्री उपस्थित हुने कार्यक्रम भएकोले आफू मुसायरामा पुगेको र त्यहाँ अरु को को थिए भन्ने जानकारी आफूलाई नभएको भन्दै पन्छिन खोजे । जवाफमा तपाईं नजीकै टासिंएर बसेको छ नि भन्ने अर्को प्रश्नम्स उनले भने, “त्यसबखत त्यहाँ धेरै मानिसहरु थिए, सबैका बारे जानकारी हुने कुरा भएन, मन्त्री ज्यू आएकाले हामी पुगेका मात्रै हौं,” भन्दै पुनः पन्छिने प्रयास गरें । त्यससँगै नसिम खानलाई अहिले फेरी पक्राउ गर्न मिल्दैन भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, “उहाँ सरकारसँग वार्तामा रहेको कौटिल्य संयोजक रहेको समूहको वार्ता प्रतिनिधि हुनुहुन्छ, त्यसैले अब हामी उहाँलाइ पक्राउ गर्न सक्दैनौं ।”

को हुन् अभियुक्त भनिएका नसिम खाँँ ।

कर्तव्य ज्यान र डाँका मुद्दाका फरार भएका अभियुक्त हुन् नसिम खाँँ । प्रहरीको सर्वाधिक फरार सूचीमा रहेका खाँमाथि झन्डै ७ वटा कर्तव्य ज्यान र एउटा डांँका मुद्दा दर्ता भएका छन् । उनीमाथिका कर्तव्य ज्यानका ६ वटा र एउटा डाँका मुद्दा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत लगायतहरुमा अझै पनि विचाराधिन अवस्थामा छन् भने एउटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा नै छन् । पछिल्लो समय उनी माथि १३ वैशाख २०७४ मा मायाँदेवी– ४ का वडा अध्यक्ष फतेह मोहम्मदका ५ वर्षीय छोरा मोहम्मद अयमान मुसलमानको अपहरणपछि हत्या गरेको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता छ । पारिवारिक स्रोतका अनुसार पटक पटक प्रहरी–प्रशासनसँग अनुरोध गर्दा पनि हत्या आरोपीलाई पक्राउ गर्न प्रशासनले कुनै चासो नदिइएको समेत खुल्नमा आएको छ ।