यी श्रेष्ठको अगाडी नगरपालिका किन निरिह ?
सार्बजनिक जग्गामा धमाधम रिर्सोट निमार्णको काम, सरोकारवाला पक्ष किन केही गर्दैनन् ?
सुर्य बराल, नवलपुर
सिद्ध कुमार श्रेष्ठ जो नारायणगढका धनाढ्य मध्येका एक हुन् । चितवनकै सबैभन्दा धनाढ्यहरुको सुचिमा उनको नाम अग्रस्थानमा आउँछ । श्रेष्ठ नारायणगढका मौजावाल कमल श्रेष्ठका कान्छा छोरा हुन् । उतिबेला बसेनीको ८० बिगाहा र नारायणगढको ४० बिगाहा जमिन यीनीहरुकै थियो । १२० बिगाहा जमिनका मालिक मध्येका यी श्रेष्ठले अहिले राज्यको स्वामित्व हुने सार्बजनिक जग्गा समेत हडपेका छन् । सुन्दा अचम्म लाग्नसक्छ, तर यथार्थ यहि हो । त्यो जग्गा सिध्दिएर सार्बजनिक जग्गामा बासको लागी श्रेष्ठ एकाध धुरमा बसेका होईनन्, यीनले त् बिघौं जमिन र खोला समेत अतिक्रमण गरेका हुन् । अध्ययन गर्दा यिनको त् झन सम्पति पहिलेको भन्दा बढीरहेकै छ । नारायणगढ बजारको मुटुमा यिनको मेघा मार्केट नामको सयौं सटर छ । यिनको पिताकै नामबाट बनेको कमलनगरमा थप दर्जनौं सटर भाडा लगाएर मासिक ५० औं लाखको आम्दानी गर्छन । गरिमा लगाएतका केही बैंकमा यिनी सँस्थापक सञ्चालक रहेका छन् । हो खर्बौंका मालिक यीनै श्रेष्ठले पुर्बी नवलपरासीको देवचुली नगरपालिका १ र १७ भित्र करिब १० बिगाहा भन्दा बढी सार्बजनिक जग्गा अतिक्रमण गरी मेघापार्क बनाउन लागेका छन् । आफनो ब्यबसायीक फाईदाको लागी श्रोष्ठले १० औं विघाहा जग्गा अतिक्रमण गरेको पुष्टि भईसक्दा पनि देवचुली नगरपालिका भने यीनको अगाडी निरिह प्राणी झै मुकर्दशक भई बसिरहेको छ । शुरुमा स्थानियले बिरोध गरेपछी वडा अध्यक्षहरुको सक्रियतामा नगरपालिकाबाट ईन्जीनियर लगी सार्बजनिक जग्गामा डिर्माकेशन गरी रिर्सोटको काम तत्काल अगाडी नबढाउन भनिएको थियो । तर वडा अध्यक्षहरुलाई श्रेष्ठले टेरपुच्छर लगाएनन् । स्थानियहरुको बिरोधलाई मत्थर बनाउन श्रेष्ठले केही युवाहरुलाई कागजमा सहिछाप लगाई पैंसा समेत बाँडेको एक स्थानिय युवाले आफ्नो नाम नबताउने शर्तमा भण्डाफोरलाई जानकारी दिए । सार्बजनिक जग्गा पचाउन श्रेष्ठले गाँउमा मन्दिरको लागी केही जमिन, युवाहरुलाई खेलमैदान बनाईदिने आश्वसन दिएको श्रोतले बतायो । केही अन्यलाई समेत श्रेष्ठले ५० लाख जति रकम बाँडी जग्गा अतिक्रणको घटनालाई दबाउन खोजेको श्रोतको दाबी छ । श्रेष्ठले पैसा बाँडी सार्बजनिक जमिन हडप्न खोजेको भन्दैं स्थानियले बिरोध गरेसँगैं यो घटनाले सामाजिक सञ्जालमा समेत ब्यापकता पायो ।
सिद्ध कुमार एण्ड सन्स कम्पनिको नाममा बन्दैं गरेको उक्त मेघा रिर्सोटले देवचुली भई नारायणीमा मिसिने मुकुण्डे खोलाको ग्रयाभल, गिटी र बालुवा समेत मनलाग्दी उत्खनन्, डम्पीङ्ग र निकासी गरिरहेको स्वंय वडाका जनप्रतिनीधीहरु बताँउछन् । साबिक दिब्यपुरी गा.बि.स.भएर बग्ने मुकुण्डे खोलालाई आफनो कम्पाउण्ड भित्र पारी सार्बजनिक जमिन समेत अतिक्रण गर्नुका साथै खोला दोहन गर्दै श्रेष्ठले करोडौं लगानीमा पिकनिक स्पोर्ट, फनपार्क सहितको भब्य रिसोर्ट बनाईरहेको भएपनि नगरपालिका किन निरह भईरहेको छ, बुझिनसक्नु छ । कता श्रेष्ठले बाँडेको भनेको ५० लाख रकम त्यता त् पुगेन ? स्थानिय जनताले नगरपालिकातिर पनि आंशका गरिरहेका छन् । श्रोतले दिएको जानकारी अनुसार श्रेष्ठले आफु समाजसेवी मैंयादेबी श्रेष्ठको भतिजो भएको र अब भोटरलिष्ट पनि यतै सार्छु भन्दैं राजनितीक रुपमा समेत स्थानियमा मनोबैज्ञानिक रुपमा डिर्मोरलाईज गर्ने गरेका छन् । आफनो पैसाको अगाडी राजनितीज्ञहरुलाई तमशरणम् गर्ने खेलमा श्रेष्ठले कुटिल चाल चलिरहेको स्वंय स्थानिय राजनितीज्ञहरु बताउँछन् ।
गोप्य श्रोतका सुचना अनुसार रिर्सोट सञ्चालकले नगरपालिकाको मापदण्ड बिपरित नक्सा पास नगरिकन, कतिपय नक्सापास गरेपनि त्यो देखावटी तथा डिजाईन बिपरितको फिल्ड र भवनहरु बनाएको विषयलाई निकै अर्थपूर्ण रुपमा हेरिरहेका छन् । त्यतिमात्र होईन् खोलामा अबैध रुपमा मापदण्ड बिपरित पर्खाल लगाएको, नारायणी नदी र मुकुण्डे खोलालाई अबैध रुपमा दोहन गर्नुको साथै नदी जन्य पदार्थको मनलाग्दी उत्खनन, निर्माण कार्यमा प्रयोग तथा डम्पीङ्ग गरेको मात्र नभई खोलालाई अबैध रुपमा बाँध बनाई बोटीङ्गको लागी पोखरी तथा तलाउ बनाएको मा समेत नगरपालिका किन मौंन ? भनि सर्बसाधरणले प्रश्न गरिरहेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा समेत स्थानियहरुले सार्बजनिक जग्गा अतिक्रमण गरिएको विषयमा खुलेरै बिरोध भईरहेको भएपनि नगरपालिकाले अहिलेसम्म कुनैं कार्बाही गर्न सकेको छैंन् ।
वडा न. १ का अध्यक्ष लक्ष्मण भण्डारी र वडा न. १७ का अध्यक्ष विष्णु आचार्यले यस विषयमा बारम्बार बिरोध जनाईरहेका छन् । वडा कार्यालयले यस विषयमा नगरपालिकामा निवेदन दिईसकेकोले थप अनुसन्धान र काबाही नगरपालिकाले नैं गनुपर्ने वडाध्यक्षहरुको भनाई छ ।
यता, यस विषयमा बुझ्दा देचुली नगरपालिकाका मेयर पूर्ण कुमार श्रेष्ठले देबचुली नगरपालिका भित्र सार्बजनिक जग्गा हडप्नेक्रम बढिरहेको भन्दैं अतिक्रमण रोक्न र सार्बजनिक सम्पतिको संरक्षणको लागी नगरपालिकाले आवश्यक छानविन गर्ने त् बताए । तर अन्य पक्षले पनि जमिन अतिक्रमण गरिरहेकोले प्याकेजमै हल गर्ने भन्दैं मेघा रिर्सोटले सार्बजनिक जमिन अतिक्रमण गरी भवनहरु बनाईरहेको बिषयलाई सामान्य रुपमा लिए ।
यसैविच, यस विषयमा मेघा रिर्सोटका सञ्चालक सिद्ध कुमार श्रेष्ठसँग बुझ्दा उनले गाँउलेहरुसँग जमिन लिदा नैं आठ नम्बरी(सार्बजनिक) पनि लिएको हँु । उनले आफुले सार्बजनिक जग्गा भोगचलन गर्न पाउनुपर्ने जिकिर गरे ।
के यी पैंसावाल श्रेष्ठले ब्यापार ब्यबसायको नाममा खुलेआम रुपमा दशौं बिगाहा सार्बजनिक जमिन अतिक्रमण गर्न पाँउछन ? के यी सम्पतिवाल एवं शक्तिशाली ब्यक्तिले प्राकृतीक श्रोत र नदीनालाको यसरी मनलाग्दी दोहन गर्न पाँउछन ? के स्थानिय सरकारको रुपमा रहेको नगरपालिकाले यस बिषयमा केही गर्नुपर्ने होईन ? यसरी जानाजान अनियमितता र अबैध कार्य हुन दिने ? के हो नगरपालिकाको काम, कर्तब्य र अधिकार ? मेयर साब, उपमेयरसाब र प्रशासनिक अधिकृतहरुलाई पक्कै हेक्का होला ।
तसर्थ स्थानिय सरकारले जनताको मर्म र भावना अनुसार सार्बजनिक सम्पतिको संरक्षण गर्न अग्रसर हुनुपर्छ नगरपालिकामा अन्यले अतिक्रमण गरेका छन् भने पनि कहाँ, कस्ले, कति, कहिलेबाट ? उस्को अन्यत्र जमिन छ की छैन्, त्यसको छानविन गरिनुपर्दछ । यस्ता अनियमितता र प्राकृती श्रोत साधन माथीको दोहन कार्यलाई बेलैमा लगाम लगाउन नसकेमा जनप्रतिनिधीहरु के का लागी भन्ने अवस्था आउन सक्छ । जनताले क्रमश प्रश्न गर्दै जानेछन् । अन्यत्रको पनि अध्ययन गर्न एउटा समिती नै बनाई खोजविन तथा संरक्षण गर्नुपर्छ तर सतहमा आईसकेको विषयलाई निचोडमा पु¥याउन ढिला गर्न हँुदैन अब ।
। यसर्थ यस्तो सार्बजनिक हित एंव सरोकार र सम्पतिको विषयमा जिल्ला प्रशासन कार्यालय लगाएतका राष्ट्रका अन्य जिम्बेवार निकायहरुले पनि लगाम लगाउन सक्नुपर्छ । जति ढिला ग¥यो समस्या त्यति बढदै जान्छ, रोगले थला पर्नु अघि नैं उपचारको ब्यबस्था गरौं अन्यथा भोली जनप्रतिनिधीलाई नै जनताले बहिस्कार र तिरस्कार गर्ने दिन नआउला भन्न सकिन्न ? कानुन, प्रशासन र सरकार सबैको होकी एकाध धनाढ्य एवं शक्तिशालीहरुको हो भन्ने भावना आमजनतामा पर्नु अघि नैं यस्ता सार्बजनिक चासोको बिषयमा सरोकारवालाहरुले हल खोज्नु बुद्धिमानी हुन जान्छ । अत् यस विषयमा नगरपालिकाले आवश्यक कदम चालोस । हामी निरनतर खाजीनिती गरिरहनेछौं ।