चितवनको माडीमा डम्पिङ साइड नहुदाँ फोहोर व्यबस्थापनमा समस्या ।
चितवन, ०३ पौष । पश्चिम् चितवनको माडीमा डम्पिङ साइड नहुदाँ फोहोर व्यबस्थापनमा समस्या उत्पन्न भएको छ । दैनिक व्यवसायिक क्रियाकलापबाट निस्कने प्लाष्टिक जन्य फोहोरको उचित व्यवस्थापन हुन नसक्दा माडीका खोलाहरुमा दुर्घन्धित बढ्न थालेको छ । माडी इको नगरपालिका भएपनि वातावरणमैत्री राख्न प्रभावकारी प्रयास हुन सकेको छैन। नगरपालिकाले माडीको बसन्तपुर बजार परिसरका विभिन्न क्षेत्रमा फोहोर फालेमा एक हजार रुपैयाँ जरिवाना लगाउने तथा फोहोर फालेको व्यक्ति बारे जानकारी दिनेलाई पनि सोही बराबरको रकम दिने घोषणा गरेको थियो । तर निर्धारित फोहोर व्यबस्थापन स्थल ९डम्पिङ साइड० नहुदा खोला, बाटो किनार लगायत सार्वजनिक स्थलमा फोहोर फालिने गरिएको छ ।