सिट क्षमता भन्दा दोब्बर यात्रु ओसार्दै चितवनका सिटी बस, ट्राफिक प्रहरी मौन ।
चितवन, ०३ पौष । चितवनको भरतपुर महानगरपालिकामा चल्ने सिटी बसको पछिल्लो समय यहाँ लापरबाही बढ्ने गरेको पाइएको छ । बिशेषगरी गीतानगर, पटिहानी हुँदै जगतपुरसम्म चल्ने अधिकांश सिटीबसहरुले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन् । आइतवार दिउँसो करिब ३ बजेको समयमा भरतपुरबाट जगतपुरको लागि छुटेको ना। ७। ख। १५६१ नं को सिटी बसमा सिट क्षमता भन्दा दोब्बर यात्रु बोकेको थियो । खुट्टा टेक्ने ठाँउ समेत नहुँदा पनि बिरामी महिलालाइ बसका सहचालकले भन्दै थिए “ल ल दिदि आउनुस, आउनुस सिट खाली छ, यहिं कटहर चोकमा झर्ने मान्छे छ ।” तर, बस चलेपछि पहिलो व्यक्ति टाइगर चोकमा ओर्लिए । यो त बसका चालक र सहचालकको यात्रुका लागी दैनिकी नै हो । सिट क्षमता भन्दा बढी यात्रु बोक्ने सो बसमा सवार एक वृद्ध यात्रुले बसका चालकलाइ सोधे “बाबु किन यसरी मान्छे हालेको रु” चालकले प्रतिप्रश्न तेर्स्याए “आउँदा २ सय भन्दा भएन अहिले आउँदा जाँदाको उठाउनु परेन रु ती वृद्व सह
चालकको प्रतिप्रश्न सुनेर अकमक्क परे । सोही बसमा रहेका अर्का यात्रु समेतले सिट क्षमता भन्दा दोब्बर यात्रु चढाएको सम्बन्धमा ट्राफिक प्रहरीलाइ जानकारी दिने चेतावनी दिएपछि चालकले हप्कीदप्की लगाउँदै ट्राफिक प्रहरीको कारवाहीले आफुहरुलाई कुनै फरक नपर्ने भनी हप्काए । यता, चितवन जिल्लाका ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक बेद प्रसाद गौतमले भने, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने जोसुकै सवारीसाधन भए पनि आफुले कार्वाही गर्ने र अहिलेसम्म गरिरहेको र आगामी दिनमा समेत गर्ने बताउदै यात्रुलाई सोको बिषयमा ट्राफिक प्रहरी लाई तत्कालै जानकारी दिन आग्रह गरे । निरीक्षक गौतमले प्रहरीलाई जानकारी गराए तत्कालै कारवाही गरीने समेत उनले बताए । ट्राफिक नियम उल्लङ्घन गरी सिट क्षमता भन्दा बढी यात्रु बोकेमा एक हजार ५ सय जरिवाना गर्न सकिने व्यवस्था छ । तर, यातायात व्यवस्था कार्यालयले भने ५ सय देखि ५ हजारको जरिवाना गरि कारवाही गर्ने गर्छ । ट्राफिक नियमको उल्लङ्घन गरेको वा भएको पाइएमा तत्कालै नजीकको प्रहरी कार्यालय वा ०५६(५२४८९९ नम्बरमा सम्पर्क गर्न प्रहरी निरीक्षक गौतमले सबैमा आग्रह गरे । जिल्ला ट्राफिक कार्यालयले पटक पटक ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम संचालन गरे पनि प्रभाबकारी भने भएको छैनन् ।