पूर्वप्रधानमन्त्री डा‍‍. तुलसी गिरीको निधन

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा‍‍.तुलसी गिरीको निधन भएको छ ।

कलेजोको क्यान्सरबाट पीडित गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।

९३ वर्षिय गिरी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए ।

नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।