काग्रेसको समाजवाद र कम्युनिष्टको साम्यवाद : ध्येय शक्ति र सत्तामात्र ।


राप्रपाको हिन्दुराज्यको मागवाहेक नेपालका अन्य राजनैतिक दलहरुको दस्तावेज एवं प्रतिवेदन धेरैमा समानता पाउन सकिन्छ । समयअनुकुल व्याख्यता र अदुरदृष्टि दृष्टिकोणका कारण दुरगामी दृष्टिकोण वनाउन नसक्नु, सत्ताभित्र रहदाँ र वाहिर रहदाँ देश र जनतालाई हेर्ने दृष्टिकोण, कार्ययोजना मा आकाश जमिनको अन्तराल देखिनु नेपालका राजनैतिक दलका नेतृत्वको गम्भिर कमजोरी हो । देश विकास र जनताको जीवनस्तरका लागि स्पष्ट खाका वनाउनुभन्दा परिणाम आएपछि मात्र त्यसको वोध हुनु भनेको कमजोर मानसिकताको घोतक शिवाय केहि हुदैन । नेपालका सन्दर्भमा पनि राजनितीको नाममा यो सवै कमजोरीको परिक्षा वारम्वार भईरहयो भने यो अनादिकालसम्म यसरी नै चलिरहने निश्चित प्राय छ ।
कुनै पनि पार्टीको मुख्य दस्तावेज भनेको पार्टीको मुख्य मेरुदण्ड हो, त्यसैको आधारमा पार्टी चल्ने गर्दछ । जुन देश र जनताको विकाससँग प्रत्यक्ष जोडिएको हुन्छ । देशको कुनै भाग, समुदायलाई मात्र नभई सिङ्गो देश र देशमा रहने जनताको विविध क्षेत्रसँग सम्वन्धित रहेर वनाईएको हुन्छ । त्यसैअनुसार राजनैतिक दलहरुको नेतृत्व तहले त्यसैको आधारमा गतिविधि संचालन गरेको हुन्छ । चाहे राजनैतिक दल सत्ता मा होस वा प्रतिपक्षमा । तर पार्टीको दस्तावेज र प्रतिवेदन नै सत्तासिन र प्रतिपक्षमा रहदाँ फरक फरक हुने गर्दछ ।यसको मुख्य कारक भनेको राजनैतिक दलको अदुरदृष्टिता र कमजोर मानसिकता शिवाय केही होईन । नेपालका राजनैतिक दलहरुको भुमिका पनि यहि हो । जुन आम नेपाली जनताले पटक पटक परिक्षण गरिसकेका छन् , अझै भनौ यो परिक्षणमा आम जनताहरु अभ्यस्त वनिसकेका छन् । जुन देश र जनताका लागी अभिसााप शिवाय केहि हुदैन । राजनैतिक दलका नेतृत्वको यहि शैलीमा जनता नामका पात्रहरु मसिहा वनेर व्यक्तिगत स्वार्थतामा लिप्त वनिरहेका छन् ।
आफुलाई लोकतन्त्रको एकमात्र जननी सम्झने नेपाली काग्रेसको समाजवाद जनतालाई झुक्याउने नारा शिवाय केहि वन्न सकेन । विपीको नाम भजाएर लोकतन्त्रको नारा ओराल्ने काग्रेस सधै सत्ता र शक्तिमा आफु रहदाँ पनि लोकतन्त्रको रक्षा हुने दिवास्वप्न देख्छ । सत्तामा रहदाँ मात्र लोकतन्त्रको रक्षा भएको सम्झने काग्रेस सत्ता वाहिर रहदाँ कम्युनिष्टको अधिनायकवाद देख्दछ र देश नै विलिन हुने र देश अधिनायकवादमा जाने, सैनिक शासन लागु हुने , जनताले दुख पाउने हुन्छ भन्दछ, तर के कसरी र किन भन्ने व्याख्यातामा रम्दैन । यहि पुर्खाको वलमा टेकेर आफुलाई सच्चा लोकतन्त्रवादी सम्झने काग्रेस समय र विश्व राजनितीलाई मिहिन ढंगले विश्लेषण गर्न सक्दैन । किनकि वजारमा विकाउका लागि वोलिने शव्द र व्यवहारिक कार्यन्वयनका लागि गरिने व्याख्यतामा आकाश जमिनको अन्तर पाईन्छ । यहि खोक्रो आडम्वरमा वाँचेको काग्रेस पुजीवादी समाजलाई नै समाजवादको अंश ठान्दछ । उदारवाद शैली नै समाजवादको स्वरुप देख्ने काग्रेस व्यक्तिगत सम्पति नै समाजवाद भन्दछ । जुन समाजवादको अर्थ सँग पटक्कै मेल खाँदैन । केवल सत्ता र शक्तिको लागि गरिने राजनिती केवल जनताको आखोमा छारो हाल्ने तत्व शिवाय केहि हुन सक्दैन भन्ने आम सत्यलाई समेत काग्रेसभित्रका नव वौद्धिकता वोकेका नेताहरुमा देखिदैन । उहि विपीको समाजवादले धानेको काग्रेस देश र जनताको स्तर उकास्न नसक्दा सतिले सरापेको देश भनेर ओरालिएको पाईन्छ । जुन विपीको समाजवाद सँग मेल खादैन ।
व्यक्तिको धन सम्पति हुनुहदैन, सवै व्यक्ति एकै हुन । मान्छे मान्छे विच कुनै वर्ग हुदैन, जात, धर्म र लिङ्ग हुदैन भनेर वर्गविहिन समाज निर्माणका लागि भनेर लागेको कम्युनिष्ट आजको समयसम्म आईपुग्दा सवैभन्दा धनि वनिदियो । विश्वको राजनेता भनाउदाँहरुको हाराहारीमा आर्थिक समृद्धि वनाएको कम्युनिष्टहरु कम्युनिष्टको नाममा जनताको ध्यान भुटिदियो । कम्युनिष्टको न्युनतम मापदण्ड समेत नवुझेका हरु सच्चा कम्युनिष्टका नाममा सम्मानित वन्नमा दौडिरहयो । नाममात्रको कम्युनिष्ट रहेको नेपालका सन्दर्भमा कम्युनिष्ट शव्द मागि खाने भाँडो वनिदियो । जुन नेपालका कम्युनिष्ट नेताहरुमा वेग्रल्ती पाउन सकिन्छ । योग्यता र क्षमता अनुसारको काम र काम अनुसारको दाम भनेर नथाक्ने श्रमजीवि वर्गको नेतृत्व गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि नाङ्गो वनिदियो । पार्टीको दस्तावेज र भोलिको कार्यनिती के भन्ने भन्दा पनि अनुकुलतामा रमाउने कम्युनिष्टहरु देशको नै सवैभन्दा भ्रष्ट वनिदियो । मनमोहन अधिकारी हुदै मदन भण्डारीको दशकसम्म जनताको मनमा वस्न सफल कम्युनिष्ट हरु आजको समयसम्म आईपुग्दा गन्हाउने फोहर वनिदियो । राजनिती के का लागि भन्ने ध्येय समेत नवुझेका कम्युनिष्टहरु प्रतिपक्षको हुँकारमा विर्को लगाउने अस्त्रलाई नै साम्यवाद भनिदियो । विषयवस्तुको गाम्र्भियता भन्दा पनि सतही व्याख्यतामा रमाउने रोग कम्युनिष्टको मुख्य उद्येश्य वनिदियो । पानी पर्दा र घाम लाग्दा देश र जनताको परिभाषा नै फरक फरक वनिदियो । सिद्धान्त विचार, दृष्टिकोण भन्ने शव्द नै रोग वनिदियो । स्वार्थता र गुटमा नै साम्यवादको परिभाषा अलग अलग वनिदियो ।
जवसम्म लोकतन्त्रवादी होस वा गणतन्त्रवादी सवैको मुख्य एजेष्डा भनेको जनताको समृद्धि, आर्थिकरुपमा सवलीकरण, रोजगारी र विकास हो भन्ने मुख्य विषयलाई आत्मासाथ गरि त्यहि अनुसार सिद्धान्त र विचारको प्रतिपादन हुदैन र त्यसको ठोस कार्यन्वयनको दुरगामी योजनाका साथ अगाडी वढ्दैन तव सम्म देश र जनता सवल र समद्ध वन्न सक्दैन । सत्ता र शक्तिका लागि गरिने राजनिती घातक हुन्छ भन्ने नवुझेर नै देश र जनताले अहिले भोग्न परेको पीडा हो । जुन क्षम्यलायक छैन । अझै पनि समाजवाद र साम्यवादका नाममा जनतालाई झुक्याउने हो भने जनतामा देखिएको त्यो शालिनता कुनै दिन तेजाव वनेर निस्कदैन भनेर भन्न सक्दैन । जुन विश्व राजनैतिक ईतिहासमा पटक पटक देखिईसकेको छ ।

कम्युनिष्टको न्युनतम मापदण्ड समेत नवुझेका हरु सच्चा कम्युनिष्टका नाममा सम्मानित वन्नमा दौडिरहयो । नाममात्रको कम्युनिष्ट रहेको नेपालका सन्दर्भमा कम्युनिष्ट शव्द मागि खाने भाँडो वनिदियो । जुन नेपालका कम्युनिष्ट नेताहरुमा वेग्रल्ती पाउन सकिन्छ । योग्यता र क्षमता अनुसारको काम र काम अनुसारको दाम भनेर नथाक्ने श्रमजीवि वर्गको नेतृत्व गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि नाङ्गो वनिदियो । पार्टीको दस्तावेज र भोलिको कार्यनिती के भन्ने भन्दा पनि अनुकुलतामा रमाउने कम्युनिष्टहरु देशको नै सवैभन्दा भ्रष्ट वनिदियो । मनमोहन अधिकारी हुदै मदन भण्डारीको दशकसम्म जनताको मनमा वस्न सफल कम्युनिष्ट हरु आजको समयसम्म आईपुग्दा गन्हाउने फोहर वनिदियो ।

पुर्खाको वलमा टेकेर आफुलाई सच्चा लोकतन्त्रवादी सम्झने काग्रेस समय र विश्व राजनितीलाई मिहिन ढंगले विश्लेषण गर्न सक्दैन । किनकि वजारमा विकाउका लागि वोलिने शव्द र व्यवहारिक कार्यन्वयनका लागि गरिने व्याख्यतामा आकाश जमिनको अन्तर पाईन्छ । यहि खोक्रो आडम्वरमा वाँचेको काग्रेस पुजीवादी समाजलाई नै समाजवादको अंश ठान्दछ । उदारवाद शैली नै समाजवादको स्वरुप देख्ने काग्रेस व्यक्तिगत सम्पति नै समाजवाद भन्दछ । जुन समाजवादको अर्थ सँग पटक्कै मेल खाँदैन ।
 वि.वि. श्रेष्ठ समसामयिक तथा यर्थाथपरक लेख लेख्ने युवा लेखक हुन् ।  भण्डाफोरअभियान