जिल्ला सिंचाइ योजनाले ९ महिना बित्दा समेत बुझाएनन् बिद्युत महसुल ।

प्रनिश थापा, चितवन, ०१ पौष । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले सरकारी कार्यालयमा बाँकी रहेको बक्यौता अझै उठाउन सकेको छैनन् । प्राधिकरणले जिल्ला सिंचाई योजना बाट ९ महिनाको जरिवाना बाहेक १ करोड २१ लाख ८९ हजार ८ सय ३८ रुपैयाँ विद्युत महसुल उठाउन नसकेको जनाएको हो । त्यस्तै, प्राधिकरणले सडक बत्तीबाट मात्रै २३ करोड १ लाख ८९ हजार र कालोसुचीमा परेका अन्य सेवाग्राहीहरुबाट ९५ लाख ९८ हजार ५ सय ४४ रुपैयाँ महसुल समेत उठाउन सकेको छैनन् । घरायसी क्षेत्रबाट ७ करोड ८३ लाख ३४ हजार , व्यवसायीक क्षेत्रबाट ४७ लाख १८ हजार र औद्योगिक क्षेत्रबाट ९३ लाख २१ हजार रुपैयाँ महसुल उठ्न अझै बाँकी नै रहेको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्ला सिंचाई योजना चितवनले बिद्युत उपयोग गरेबापत प्राधिकरणलाइ तिर्नुपर्ने बक्यौता ९ महिना बित्दा समेत महसुल बुझाएका छैनन् । पटकपटकको पत्राचारलाइ समेत सिचाइँ योजनाले महसुल बुझाउन आलटाल गर्ने गरेको प्राधिकरणले जनाएको छ । नेपाल बिद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार पटकपटकको पत्राचार र अनुरोधलाइ अस्वीकार गरेपछि अब सिंचाई योजनाले महसुल बुझाएपनि ८ महिनाको महसुलको २५ प्रतिशत जरिवाना थप गरी बुझाउनुपर्ने देखिन्छ । सरकारी कार्यालय भएकाले पनि विद्युत लाइन भने काटिएको छैनन् । सरकारी कार्यालयले नै यसरी लामो समयसम्म विद्युत महसुल नबुझाउँदा बक्यौता महसुल धेरै देखिएको छ नै प्राधिकरण स्वयं समेत लाचारीपन देखिएको छ भने लापरबाहीको समेत उदाङगो भएको छ ।

महसुल नबुझाउने ५ सय ७० जनाको लाइन काटियो ।
यस्तै, नेपाल बिद्युत प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विद्युत महसुलको बिल आएको ६० दिनसम्म पनि महसुल नबुझाउने झन्डै ५ सय ७० जनाको लाइन काटेको छ भने, झन्डै २ सय ३० भन्दा बढी सेवाग्राहीहरुलाइ कालोसुचीमा नै राखेर कारबाही गरेको छ । लाइन काटेको दिनदेखि ६ महिनासम्म पनि विद्युत महसुल नबुझाउने सेवाग्राहीलाइ कालोसुचीमा राख्ने गरिएको हो ।

राजर्श्व संकलनमा वृद्धि ।
यस्तै, नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले चालु आर्थिक वर्ष ०७५र७६ को पहिलो चौमासिकमा कालोसुचीमा परेका ७ सेवाग्राहीबाट १ लाख ४७ हजार ७ सय ५४ रुपैयाँ असुली गरेको छ । चालु आवको कार्तिक मसान्तसम्ममा सडक बत्तीको महसुल १ करोड १ लाख २७ हजार ९ सय रुपैँया पुगेको नेपाल बिद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका लेखा प्रमुख विष्णु बहादुर राजथलाले जानकारी दिए । सडक बत्तीको महसुल आर्थिक वर्षको अन्त्यमा मात्रै उठाउने गरिएको भन्दै उनले गत आव ०७४र७५ को सडक बत्ती महसुल ३ करोड ७९ लाख रुपैयाँ भरतपुर महानगरपालिकाले मन्त्रालयगत रुपमै हिसाब मिलान गर्ने भएको राजथलाले बताए । यससंँगै प्राधिकरणले अब कालोसुचीमा परेका अन्य सेवाग्राहीबाट ९५ लाख ९८ हजार ५ सय ४४ रुपैयाँ उठाउन बाँकी छ । यस्तै, चालु आवको पहिलो चौमासिकमा ६८ करोड ३८ लाख ८१ हजार रुपैयाँ महसुल उठाएको छ । अनलाइन प्रणालीबाट महसुल भुक्तानी गर्ने सेवाग्राहीको संख्यामा पनि वृद्धि भएको प्राधिकरणका लेखा प्रमुख विष्णु बहादुर राजथलाले बताए । साउनमा १० हजार ३ सय ७९ जना, भदौमा १० हजार ४ सय ८९ जना, असोजमा १० हजार ७ सय ३ जना र कार्तिकमा ११ हजार सेवाग्राहीले अनलाइन महसुल भुक्तानी गरेको उनले बताए । प्राधिकरणको भरतपुर वितरण केन्द्रका ८१ हजार १ सय ६१ सेवाग्राही रहेका छन् ।