फास्ट ट्रयाक सांसदको मनोरञ्जन स्थल
कामठाडौं — काठमाडौं—तराई÷मधेस दु्रतमार्ग फास्ट ट्रयाक निर्माण र त्यसैसँग जोडिएको अन्तर्राष्ट्रि विमानस्थलको विषयमा अध्ययन गर्न संसदीय समितिहरु एकपछि अर्को गर्दै होडबाजीको शैलीमा फिल्ड मा
पुग्न थालेका छन् ।
७६ किलोमिटरको फास्ट ट्रयाकको विस्तृत अध्ययन प्रतिवेदन डिपिआर अझै तयार भएको छैन ।
डिपिआरबिनै नेपाली सेनाबाट निर्माण कार्य भईरहेको छ ।
फास्ट ट्रयाक कुन समितिको कार्यक्षेत्रमा पर्छ भन्ने विषयमा नै सांसदबीच एकमत छैन ।
प्रतिनिधिसभा अन्तर्राष्टिय सम्बन्ध समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिले फास्ट ट्रयाक र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण विषयमा स्थलगत अनुगमन गरिसकेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।