अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए


काठमाडौं, २५ मंसिर । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् ।

दलालले उनीहरूलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्‍याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरू स्वदेश फर्किएका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाइटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आइल्यान्ड पुगे ।

तर, अमेरिका पुगेनन् । टिटस आइल्यान्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ वर्षीय शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए । अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो ।

रोल्पाकै २३ वर्षीय भीमप्रसाद बाठामागर ०७४ पुसमा अमेरिकाका लागि हिँडेका थिए । उनी पनि दिल्ली हुँदै मस्को, क्युवा र पानामा पार गरेर हाइटीसम्म पुगे । तर, अमेरिका छिर्न सकेनन् । हाइटीको विभिन्न सहरमा अलपत्र परेपछि करिब ११ महिनापछि उनी रित्तो हात नेपाल फर्किका छन् ।

भीमप्रसादसँगै गएका थिए, रोल्पाकै बमबहादुर डाँगी र दाङका मोहम्मद जावेद । बमबहादुर र मोहम्मदले ४५–४५ लाख खर्च गरे । तर, अमेरिका टेक्न पाएनन्