नेपालमा आर्थिक विकास हुन नसक्नुको कारण यसरी खोले रहस्य क. प्रचण्डले
मंसिर १९, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दहालले पुराना ऐन नियम, गलत संस्कार र केही कर्मचारीका कारण मुलुकमा आर्थिक विकास हुन नसकेको बताउनुभएको छ ।
१० औं कपिलवस्तु महोत्सवको जीतपुरमा आज उद्घाटन गर्दै उहाँले कर्मचारी तन्त्रको कार्यशैलीका कारण विकास हुन नसकेको गुनासो गर्नुभयो । उहाँले प्रदेश नम्बर ५ को राजधानीको नाम लुम्बिनी राख्दा कसैलाई आपत्ती नहुने हुँदा त्यही राख्ने सुझाउनु भएको छ । सो नामले नेकपा र संघिय सरकारलाई पनि आपत्ती नहुने उहाँको भनाई थियो ।
विश्वमा नेपाललाई नचिने पनि बुद्धजन्मस्थल लुम्बिनीलाई सबैले चिन्ने भएकाले प्रदेशको गौरब विश्वमै चिनाउन पनि लुम्बिनी नाम राख्नु पर्ने तर्क गर्नुभयो । कृषिजन्य व्यवसाय तथा उत्पादनको प्रवद्र्धन, पर्यटन र संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
पुस १ गते सम्म चल्ने महोत्सवमा ३ सय स्टल राखिएका छन् । यो समाचार आजको कान्तिपुरमा छ ।