क्याम्पस हाताभित्रै धूम्रपान सेवन गर्दै विद्यार्थी
क्याम्पस प्रमुख रमिते ।
चितवन , ९ मंसिर । सरकारले सार्वजनिक स्थलमा मद्यपान र धूम्रपान सेवन गर्न निषेध गरेको छ भने जथाभावी रूपमा बेचबिखनमा समेत रोक लगाउदै आएको छ । यदी सरकारी नियम उल्लंघन गरेमा सुर्तीजन्य पर्दार्थ २०६८ ऐन अन्तर्गत कार्वाही हुने भनी निर्देशन दिदैआएको छ । सरकारले ल्याएको निर्देशिका कार्यान्वयनमा सरकारी निकाय नै उदाशिन भएपछि यतिबेला धूम्रपान एवं मद्यपानको असर बिद्यालयसम्म पुग्ने गरेको पाइएको छ । बिद्यालय घरपछिको दोस्रो सुरक्षित ठाउँ । तर, दुर्भाग्य सरकारी निकायहरूको गैरजिम्मेवार एवं लापरबाहीले बिद्यालय जस्तो पवित्र क्षेत्र नै दुर्गन्धित बन्दै गएको छ । बिद्यालय भित्रै विद्यार्थीहरु शौचालय जाने बहानामा धूम्रपान सेवन गर्न जान्छन् झट्ट सुन्दा पत्यार नलाग्न सक्छ होला तर, बास्तबिकता नै यहीँ हो । सरकारी निकायको चेतावनीक्स बाबजुद चितवनमा रहेको एक सरकारी उच्च माध्यमिक बिद्यालयभित्र रहेको शौचालय पुग्यो भने चुरोट, गुट्खा लगायतका खैनीहरु छरपस्टै देखिन्छ । आइतबार खबर संकलन गर्ने क्रममा भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसको शौचालयमा पुग्दा विद्यार्थीहरु धूम्रपानमा मस्त रहेको भेटियो । शौचालयको बहानामा उनीहरु धूम्रपान सेवन गर्न आउने गरेको पाइएको हो । जहाँ ब्याबस्थापनको चरम लापरबाही र हेल्चेक्याइँका कारण विद्यार्थी मद्यपान र धूम्रपानको सिकार भएको हो । विद्यार्थी उच्च भबिष्य सुनिश्चितका लागी बिद्यालय जान्छन् । तर, अभिभावक र बिद्यालय प्रशासनको नजर पुग्न नसक्दा बिद्यालयलाइ बिकृतीको रूपमा विद्यार्थीले प्रयोग गरिरहेका छन् । शिक्षा दिने ठाउँमै देखिएको यस्तो विकृतिले कलेज प्रशासनमाथि प्रश्न उठ्नु स्वाभाविक नै हो । यस विषयमा जवाफ दिँदै कलेजका प्रमुख खेमनारायण सापकोटाले चुरोट, गुट्खा, खैनी ल्याउन रोक्न कलेज प्रशासनले उच्च सतर्कता अपनाएको दाबी गर्छन् । तर, उनको बोली कार्यान्वयनमा कहिल्यै नआउने गरेको स्रोतले बताएको छ । विद्यार्थीहरुले कहाँ गएर के गरे त्यत्ति सम्म हेक्का राख्दैनन् । एक विद्यार्थी भन्छन् स् केही सिमित ब्यक्तिका कारण भोली हामी बिग्रने हो कि भन्ने डर शंका भएको छ । उनले भने, आफ्ना कलेजमा कस्ता विद्यार्थी छन्, के गर्दैछन् भन्ने बारे स्वंम कलेज नै सचेत हुनुपर्छ । कलेजमा पुगेर प्रहरीले पक्कै पनि चेकजाँच गर्न सक्दैनन् नि रु यस्को जिम्मेवारी स्वयं बिद्यालय प्रशासनकै हुन्छ नि । उनी भन्छन् स्( कलेज हाताभित्रै चुरोट, गुट्खा देखिनु लाजमर्दो विषय हो ।