स्वास्थ्य सबैभन्दा प्राथमिक कुरा : अध्यक्ष दाहाल
चितवन,असोज ६(
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सबैभन्दा प्राथमिक कुरा भएकोले सस्थ्य क्षेत्रलाई संवेदनशिल क्षेत्रको रुपमा लिनुपर्ने बताएका छन् । वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा विश्वविद्यालयद्वारा सञ्चालन गर्न लागिएको स्नातक तहको आंगिक नर्सिङ्ग कार्यक्रमको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयलाई हाम्रो नयाँ संविधानले मौलिक अधिकारको रुपमा परिभाषित गरेको भन्दै उनले भने “स्वास्थ्य सबैभन्दा प्राथमिक कुरा हो । यो क्षेत्रमा काम गर्नेहरुको जिम्मेवारी अझै ठूलो छ ।” यसलाई आत्मसात गर्दै अघि बढ्न स्वास्थ्यकर्मीहरुलाई उनले आग्रह गरे । क्यान्सर रोग भयावह भएको भन्दै उनले यस विरुद्ध लड्ने क्षमतालाई नयाँ उचाईमा पु¥याउन जिम्मेवारी सबैको काँधमा रहेको बताए । दाहालले भने “रोग विरुद्ध लड्ने मानिसहरुको क्षमताको विकास गर्न राजनैतिक नेतृत्वदेखि यस क्षेत्रमा काम गर्ने सबैको दायित्व छ ।
धेरै कचिङ्गलहरु पार गर्दै क्यान्सर अस्पताल प्रगति तिर अगाडि बढ्दै गएको भन्दै उनले दक्षिण एशियाकै नमूना यस अस्पताललाई अझै राम्रो बनाउन सुझाव दिए । यस कार्यक्रमले क्यान्सर रोगका विरुद्ध लड्ने जनशक्ति निर्माण गर्न सहयोग पुग्ने दाहालको विश्वास छ ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र अस्पतालका कार्यकारी निर्देशक डा। विजयचन्द्र आचार्यले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न यस कार्यक्रम उपयोगी हुने बताए । सो कार्यक्रम अन्तर्गत यस वर्ष २० जना विद्यार्थीलाई स्नातक तहको नर्सिङ अंकोलोजी पढाई गरिने अस्पतालका शैक्षिक कार्यक्रम संयोजक डा। शिवजी पौडेलले जानकारी दिए । ।