के पाए नि पाख्रिन दाईले, अर्कैले महल ठडायो
- कालो बनको विचैमा खेतालाको गाँउ
- साना सान झुपडी छैन आमा बाउ
- भोका नाँगा नानिहरु खेलिरहने ठाउ
- हाम्रो देशको ब्यवस्था हेर्न त्याहा जाउ
नेपालको सामन्तवादी संसदीय ब्यवस्थाको विरुद्धको जनताको ब्यावस्था स्थापना अभियानमा यि हरफहरुमा ब्यक्क्त भावना जस्तै जिवनका उर्जाशिल जिवन जवानिहरु गरिब जनताको आन्दोलनमा बिताएका एक योद्धा खुसीराम पाख्रिन एक बर्ष अगाडी हाम्रो सामु सदाका लागी बिदा भएका थिए ।
नेपालि जनवादी गित संगीतको यात्रामा उदाएदेखि अस्ताउदासम्म जनमनको पिडा,ब्यथा ,कथा र विरहको गितहरु गाउदै जिवन समपर्ण गरे । आज विछिप्त भएको माओवादी आन्दोलनमा हिजो उत्कर्षका बेला चर्चीत चुन्वाङको बैठकमा अपेरा देखाउदै पाख्रिनले नेताहरुलाई रुवाएका थिए । भारतीय जेलपरेका बाहेक सबै नेताहरु चुन्वाङको डाँडामा धरधरी रोएका थिए ।युद्धका कार्यकता जनताको पिडा प्रतिबिम्बीत अपेरा देखेर तर आज पाख्रिन दाई दुनियालाई रुवाएर विदा भएका छन् ।
आफनो गितले दुनियालाई रुवाउने पाख्रिन जिवनमा रोएको कसैले किन देखेनन् ?उनको आसु पुच्छन चाहेन् । माओवादी आन्दोलनका विभिन्न संस्कृतीक समुह देखी प्रगतिशिल लेखक संघ देशैभरका शाखाहरुलाई उनको योग्दानका बारेमा बोल्न र श्रद्धाञ्जली दिन किन सकेन ? उनको सम्झना कार्यक्रम गर्न सक्दैन । उनका गित संगीतले नेपालि जनबादी सहित्यको क्षेत्रमा गरेको योग्दानलाई किन गुटगत संकुचनमा राख्न खोज्दै छन् । हाम्रा प्रगतिवादी साहीत्यकार ।
हुन त जतिबेला पाख्रिन अस्ताएका थिए । त्यो बेला एकातिर चुनावि हावाहुरी बेजोडले चलेको थियो । प्रचण्डपुत्र प्रकास सबैलाई रुवाएर संसारबाट विदा भए । हिजो प्रकाशको खोइरो खनेर नथाक्नेहरुको मन जितेर गए उनि कि चाकरीबाजहरुले एक धन्दा पाए प्रशंसाको त्यो समयले विस्तारै बताउला । तर हिजो खोइरो खनेर नथाक्नेहरुले आज भक्तिगान गाएको राजनितीक गणीतका हाबा खाला कि भनेरै हो तर प्रकाश र उनको प्रसंगमा पाख्रिनको चर्चा गर्न त के बोल्नै सकेन मिडीयाहरु ीकन होला ? मुलधारका भनिएकाहरु भन्दा धेरै गुणा अब्बल थिए पाख्रिन र उनका शब्द संगीतहरु । उनको योग्दानको चर्चा गर्न बिग हाउसहरुले उति सारो आबश्यक ठानेन् किनभने मालिकहरुको होइन किसान मजदुर जनताको गित गाएका थिए पाख्रिनले ।
अर्धनग्न युवतीलाई मदिराको नशामा नचाउने र थप नांगीन उत्प्रेरीत गर्ने गित थिएन उनको । श्रमीकजनताको दुख ः पिडा र देशभक्तको हुटहुटी र क्रान्तिको सति साल थिए उनका गितहरु जनताको नजरमा हेरौ एक अंश ः
- कसले भन्छ क्रान्ति यहा सफल हुदैन
- कसले भन्द योद्धाहरुको जित हुदैन
- एक दुई हार हुन सक्छ तर मुटु स्पात बन्छ
- वीरहरुको मुटु भित्र संसार र्फेने साहस हुन्छ
कमरेड छविलाल मशालको महामन्त्रि र माओवादी नेता नभएको भए प्रकास के हुन्थे होला ? कसले ग्यारेन्टी गर्ने सक्छ तर पाख्रिनका बाउ आमा नेता नभए पनि उनि जनमनमा गरीब दुखीको भावना बोक्ने नेता र सदाबाहर अजर अमर गितको प्रतिविम्ब बनिरहेका छन् ।
माओले आफनो छोरा कोरीयाली युद्धामा मारीए पछि लास चिन ल्याउने प्रस्तावलाई अस्विकार गर्दै जनसेनाहरुको लास चिन आउदैन भने मेरो छोराको पनि ल्याउनु पर्दैन भनेका थिए । सार्वजनिक ब्यतिmत्वहरुको निजि जिवनमा पनि अनेकौ आरोह अवरोह आउन सक्छन । त्यसलाई सहजै पचाउन सक्नु पर्छ । समाज र जनता भन्दा नेता अगाडी हुन सक्नु पर्छ तर त्यो देखिएन कमरेड प्रचण्डमा सत्रहजार जनताको आसु र रगतमा लतपतिए हुर्कीएका प्रचण्ड एक छोरो सम्झेर सधै भरी हिक्क हिक्क किन ? किन त्यत्रो रोदन त आखिर छोरा बिना बाच्नै नसक्ने हुन प्रचण्ड उनको सोचमा समेत तेरो मेरो भन्ने छ भने जनता र उनका सर्मथकले अब के आसा गर्ने । सायद त्यही कुराले होला नुवाकोट कुमरीका बेपत्ता रामेश्वर मुडवरीकी छोरी काजल मुडवरीले फेसबुकमा यस्तोलेखेके थिइन ….हजारौं जनताको तातो रगत बग्दा अलिकतीपनि मन नदुख्ने मान्छेलाई आजआकाश खसेर थिचे जस्तो भयो होला सायद बल्ल थाहा भयो होला पुत्र शोकको पीडा कस्तो हुदो रहेछ ।।।।।।।बितेको दिन्मा जे जस्तो काम गरे पनि आत्माले शान्ती पाओस प्रकाश दाहाल ।…….
केही उरन्ठेउले ठेटनाहरुले अझ सुझाउने बुझाउने प्रयत्न समेत गरेछन् तर उनले त्यो पोष्ट हटाउन मानिन् । मुत्य सत्य हो आकस्मीक र असामयीक होला तर को र्मदैन र बा आमा हुजर बा हजुर आमा दिदी बहीनी हरेक पात्र आफै समेत मरीन्छ त के आज उनका छोरो मर्दा देशै रुनपर्ने किन होला राजाविरेन्द्र मर्दा केशमुण्डन गरे र जुलुस लाउनेहरु र यिनहरुमा के फरक ?अझ प्रगतिवादी र क्रान्तिकारीहरु समेत स्वर्गीय कमरेड भन्दै हल्ला गरेको देख्दाउदेक लाग्यो हैन नेपालि कम्युनिष्टहरुलाई स्वर्ग र नर्ग यहा छ भनेर कस्ले देखाएको होला त्यो कहा होला?कसले बताउला मलाइ जान्न मन छ ।
कमरेड पाख्रिनको निधनबारे कबि एबं गितकार बलराम तिमल्सीना भन्छन…….हरेक पटक कार्यक्रममा काठमाण्डौ आउँदा पाख्रिन दाजुको एउटै समस्या हुनथ्यो ( भरे बास कहाँ बस्ने र के खाने ? एक पटक वहाँको काठमाण्डौमा कोठा पनि थियो । हामीले व्यवस्थापन गर्न नसकेर वहाँले त्यो कोठा पनि उठाएर चितवन तिरै लैजानु भयो । वेला वेलामा भन्ने गर्नु हुन्थ्यो(“ हैन हो बलराम भाइ , कार्यक्रम सकिएपछि कोही भरे कता जाने भनेर नसोधी फात्फुत्त हिड्छन् , के गर्ने होला ? कसैले आज मेरोमा जाऊँ भने पनि त हुने नि , हैन र ? “ हो दाइहो , भने त किन नहुनु र ! तर भनेनौं । भन्न सकेनौं । म रद्दीले पनि भन्न सकिन दाइ ! मान्छेहरूले मलाई भावनाको खेती गर्यो भन्लान , भनून । तिनीहरू विचारको ठेक्का लियून । यस्तो वेला पाप तलपर्दो रहेछ र भन्न मन लाग्दो रहेछ ( पाख्रिनदाइ ! हामी गफाडीहरूलाई एक फेर थुकिदिनोस । हाम्रा कतिका यहाँ घर पनि थिए र फ्लाटहरू पनि थिए तर पाख्रिन दाइलाई अघोषित रुपमा प्रवेश निषेध थिए । खुल्ला थियो त खन्ना गार्मेन्टको गेट , जुन गेटभित्र अझै पनि केहीजोडी कलाकारहरू वाँचिरहेका थिए खै कसो कसो गरेर !
पाख्रिनको यस्तै भावनामा खेलेर केही कपुतले उनको आस्था र विचार र आस्थालाई पनि उधारो खरिद बिक्रीको प्रयत्न गरेका थिए ।त्यस्ता लोभीपापीहरुको झुण्ड अहिले सत्तामा तर मारीरहेको छ ।
हुनत कवि ,लेखक ,कलाकारहरु अलि भावुकनै हुन्छन् । तर भावना विचारको भावमा उठेको हुन्छ । पछिल्ला समय हरेक सार्वजनीक कार्यक्रममा पाख्रिन दाई भक्कानीएका थिए । पछिल्लो पटक नाचघरको कार्यक्रममा कमरेड विप्लवका सामु भक्कानीएका उनलाई माके मण्डलीका केही चाटुकारहरुले आलोचना समेत गरेका थिए । तर पाख्रिनको आँसु गोहीको नक्कली आँसु जस्तो थिएन । त्यो क्रान्ति र सपनाको चिन्तामा बगेको थियो । कवि बलराम तिमल्सीनाका लेखाई र नाचघरको खुसीरामको बोलाईको मर्मबोध एकै थियो । त्यही भएर होला जनकवि गोकुल जोशिले भनेका थिए
- भोकभोकै मर्न लागे कविकलाकार
- तडपाएर किन मार्छ झुण्डाएर मार
जनकलाकारहरु दाल भातको लागी मादल र सारंगी बेच्न किन बिवस भए । आज शहरका डान्सबार र दोहोरी सांझमा जिवन गुजारको लागी गाउन नाच्न कस्ले बाध्य बनायो । यस रोगको चुरो पत्तालाएर उपचार गर्ने नसके धरैले पाख्रिनकै नियति भोग्नु पर्नेछ । पाख्रिनको क्रान्तिकारी चेतनालाई तडपाए मार्न खोजेका थिए भोक भोकै । आज फेसबुकमा ओठे कुरा किन गर्ने सगैका साथि हवाइ जहाज माथि म भैसी गोठालो भने जस्तै बनाइयो उनलाई । हार्दीक श्रद्धासुमन पाख्रिनदाई । उनको सम्झनामा यही शब्द उनकै संगीतमा
- गाउदा गाउदै जुनी विताए
- गरीब उठाए ,देश जगाए
- के पाए नि …….पाख्रिन दाईले
- के पायो र ……लामा भाईले
- अर्कैले मन्त्रि पडकायो ।
- अर्कैले महल ठडायो ।