नेकपादद्धारा मङ्सिर ८ गतेको जनसभा र प्रदर्शनको तयारी तीव्र
नेकपादद्धारा आयोजीत जनसभाको पुर्बसन्ध्यामा काठमाण्डौंमा आयोजित सास्ंकृतीक कार्यक्रमको झलक फोटो:ईरातोखबर
काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मङ्सिर ८ गते गर्न लागेको जनसभा र प्रदर्शनको तयारी तीव्र पारेको छ । जनसभा तयारी उपसमितको बैठकमा पार्टी प्रवक्ता प्रकाण्डले मङ्सिर ८ गतेको जनसभा भव्य हुने बताउदै कार्यकर्तालार्इृ जनताको विचमा पुगी प्रचारप्रसारलाई तीव्र पार्न ् निर्देशन दिएका छन । नेकपाले वरिष्ठ केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज मिलनको संयोजकत्वमा गुणराज लोहनी, भीमप्रसाद चापागाईं, प्रकाश डुम्रे र मोहन खतिवडा रहेको पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ । सो समितिको पहिलो बैठक मङ्सिर १ गते शनिबार सम्पन्न भएको छ । बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, अर्का स्थायी समिति सदस्य सुदर्शन, पीबीएम अनिल विरहीलगायत नेताहरू उपस्थित थिए । बैठकले जनसभाको प्रचारमा भएका वालिङ, पोस्टरिङ, कोणसभा, घरदैलो, अपिललगायत प्रचारको तयारीबारे समीक्षा गरेको प्रचार समितिका सदस्य प्रकाश डुम्रेले बताएका छन् । बैठकले रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जाललाई संयोजन गर्नका लागि ठोस योजना र निर्णय भएको समितिका संयोजक मिलनले बताएका छन् ।