पूर्वी चितवनलाई महानगर बनाउछौँ : नगर प्रमुख बराल

राप्ती,३० कात्तिक । पूवी चितवनको राप्ती नगर प्रमुख प्रभा बरालले पूर्वी चितवनलाइ निकट भविष्यमा महानगर बनाउने बताएकी छन्। आज शुक्रबार रत्ननगर स्थित शन्ति चोकमा पूर्वी क्षेत्रिय महोत्सवको उदघाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख बरालले पूर्वी चितवनलाइ निकट भविष्यमा महानगर बनाउन पहल गर्ने बताएकी हुन्।

नगर प्रमुख बरालले युवाहरुलाइ सिर्जनात्मक तथा रचनात्मक कार्यमा ध्यान दिनु पर्ने बताउनदै समाजका विकृतिमा नफस्न सुझाव दिदैंसमाजमा हुने समाजिक विकृतीले व्यक्तिलाइ मात्र नभइ समाजलाइ नै असर पार्न बताएकी थिईन्
महोत्सव मंसिर १३ गते सम्म सञ्चालन हुनेछ ।