बिवादित बन्दै पुर्वी क्षेत्र महोत्सव
प्रशासनसमक्ष अझै स्वीकृत लिएन ।
प्रनिश थापा , चितवन , २५ कार्तिक । कुनै पनि संघसंस्थाले मेला महोत्सव आयोजना गर्दा / गराउदा सम्बन्धि जिल्ला प्रशासन कार्यालय समक्ष अनिवार्य रूपमा लिखित स्वीकृत लिनुपर्ने हुन्छ । महोत्सव आयोजकको विधानमा मेला महोत्सव आयोजना गर्न साथै उद्योग वाणिज्य संघ, स्थानीय तह र जिल्ला प्रहरी कार्यालयको सिफारिस, आयव्यय विवरण, सार्वजनिक गर्ने प्रतिबद्धतापत्र, दर्ता प्रमाणपत्र र आन्तरिक राजस्व कार्यालयको अस्थायी दर्ता प्रमाणपत्र अनिवार्य रूपमा उल्लेख हुनुपर्ने छ । तर, लायन्स क्लब अफ राइनो सिटी र एन . एस क्रियसन एण्ड इभेन्ट्स प्रा लि को संयुक्त आयोजनामा आउँदो कार्तिक ३० गते देखि हुन लागिएको पूर्वी क्षेत्र महोत्सवमा आयोजकहरुले आज आइतबारसम्म आइपुग्दा समेत कुनै पनि प्रक्रिया पूरा गरेका छैनन् । पुर्वी क्षेत्र महोत्सवका प्रशासन समक्ष महोत्सव सञ्चालन गर्न पाउने भनी कुनै लिखित स्वीकृत दर्ता भएको छैनन् । चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले भने, शान्ति सुरक्षाको दृष्टिकोणले मेलामहोत्सव सञ्चालन गर्दा प्रशासन समक्ष अनिवार्य लिखित स्वीकृति लिनुपर्ने हुन्छ । तर, उनीहरुले प्रक्रिया पुर्याएका छैनन् । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का पूर्व गभर्नर घनश्याम भट्टराईले लायन्स क्लबको विधानमा मेलामहोत्सव गर्ने उल्लेख नभएको र आयोजक लायन्स क्लबले सम्बन्धित निकायहरुबाट स्वीकृति लिएर मात्र कार्य गर्नुपर्नेमा उनको जोड थियो । उता, पूर्वी क्षेत्र महोत्सवको संरक्षकसमेत रहेको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले शववाहन किन्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको भएर नगरपालिकाले स्वीकृति दिएको र जिल्ला प्रशासनबाट स्वीकृति लिनुपर्ने भए आयोजक संस्थाले प्रशासनसँग स्वीकृति लिएरमात्र महोत्सव आयोजना गर्नुपर्ने बताए । यता, आयोजक लायन्स क्लब अफ राइनो सिटीका अध्यक्ष ओम सापकोटाले महोत्सवको तयारी लगभग सबै पूरा भएकोले आउँदो ३० गतेभित्र सबै प्रक्रिया पूरा गर्ने बताए ।’ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए पनि अहिलेसम्म महोत्सवको लागि जिल्ला प्रशासन कार्यालयसँग लिखित स्वीकृति लिएको छैनन् ।