माछापोखरीमा अज्ञात समुहको विष : लाखौंको क्षती
चितवन , २५ कार्तिक । पुर्वी चितवनको राप्ती नगरपालिका १ पिप्लेस्थित ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समुहले विष प्रयोग गरी लाखौंको क्षती पुर्याएको छ । किसान रत्न बहादुर बर्तौलाद्वारा फैलाइएको उक्त माछा पोखरीमा गएको बुधबार बिहान अन्दाजी ५ बजे अज्ञात समुहले विष हाल्दा झन्डै १० लाख मूल्य बराबरको क्षती हुन पुगेको हो । करिव ६ कठ्ठा क्षेत्रफल मध्ये ४ कठ्ठामा माछापोखरी
सञ्चालन गर्दैआएका बर्तौलाले बिहान ५ बजे पोखरीमा पुगेर हेर्दा माछा एकाएक मर्न थालेको बताए । उनलेे भने, बिहानको ४ बजे पोखरीमा केही भएको थिएन तर, एक घण्टापछि पोखरीमा पुगेर हेर्दा विषको वट्टा फेला परेको थियो । अघिल्लो वर्ष पनि अज्ञात समुहले नै उनको माछापोखरीमा विष हालिदिएका थिए । त्यस समय अन्दाजी ५ लाख मूल्य बराबरको क्षति हुन पुगेको बर्तौला परिवार बताउँछन् । पीडितले जाहेरी दिदा समेत घट्नामा संलग्नलाई अझैसम्म नियन्त्रणमा लिन नसक्दा आज पुनः अर्को घट्ना घटेको छ : पीडित बर्तौला भन्छन् :- यस्को क्षतिपूर्ति कस्ले दिने ? माछा वेच्ने तयारी अवस्थामा रहेका बर्तौलाले विष हालेर सखाप पारिदिने अपराधी लाई पत्ता लगाई हदैसम्मको कारवाही गर्न प्रहरी समक्ष अनुरोध गरेका छन् । पारिवारिक अवस्था कमजोर भएपछि ७ जनाको परिवारलाई माछापालनबाट नै गुजारा दिदै आएका बर्तौला परिवार अहिले संकटमा परेका छन् । उनलेे तीन वर्ष अघि मात्रै माछापाल्न सुरु गरेका थिए । राप्ती नगरपालिका १ मा करिव २५ विगाहा जमिनमा माछापालन गरिदै आएको छ । यस अगाडि पनि पुर्वी चितवनको कालिका नगरपालिकामा केेेरा किसानले सञ्चालनमा ल्याएको बोटमा अज्ञात समूहले क्षति पुर्याउदा करोडौं मूल्य बराबरको क्षति हुन पुगेको थियो । त्यस घट्नामा संलग्नलाई तोकिएको घरौटी तिर्न नसक्दा सबै पुपर्क्षका लागी थुनामा गएका छन् । किसानमाथि एकपछि अर्को गर्दैै हमला हुन थालेेेपछि किसानहरू चिन्तित बन्न थालेका छन् ।