पाँच लाख घुस काण्डमा तानिए हवल्दार यादव

 बिभागीय कार्वाही हुने तीन नम्बर प्रदेश प्रहरीद्वारा जानकारी ।

चितवन , १९ कार्तिक । स्वच्छ छवि भएका जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरको पछाडी घुमुवाहरु घुसमा लिप्त हुने गरेको तथ्य सार्वजनिक भएको छ । चितवनका एसपी सुशीलसिंह राठौरको इमान्दारीता र सोझोपनाको फाइदा उठाउदै केही घुमुवा प्रहरीहरु घुस लिन तछाडमछाड हुने गरेको सप्रमाण फेला पर्न थालेको छ । घुस भनेपछि आक्रमक हुने र उनी आफैं पनि घुसको प्रतिकार गर्ने भएपछि इमान्दार प्रहरीहरु खुशीले गदगद भएका छन् भने फटाहा र घुस्याहा प्रहरीहरुको निद नै हराम हुन थालेको छ । तीन नम्बर प्रदेश प्रहरी कार्यालयले निकालेको सरुवा सुची अन्तर्गत रामेछापडाँडा प्रहरी चौकी दरबन्दी भएका जिल्ला प्रहरी कार्यालय चितवनका घुमुवा प्रहरी हवल्दार उपेन्द्र यादव कार्तिक १० गते शनिबार घुस काण्डमा चितवन प्रहरीको नियन्त्रणमा परेपछि एसपीलाई गुम्राहमा राख्दै केही घुमुवा प्रहरीहरु घुसमा लिप्त हुने गरेको प्रमाण फेला परेको हो । पाँच लाख घुसमा बार्गेनिङ गरेको भन्दै हवल्दार यादव अहिले तीन नम्बर प्रदेश प्रहरी कार्यालयको नियन्त्रणमा आएपछि चितवनका एसपीलाई गुम्राहमा राख्दै केही घुमुवा प्रहरीहरु घुस लिन तछाडमछाड नै हुने गरेको पाइएको हो ।

भएको के हो ?
चितवनका एसपी सुशीलसिंह राठौरले हवल्दार उपेन्द्र यादव बिगत देखी नै बदनाम भएको कर्मचारी रहेको र उनलाई सादा पोशाकमा खटाउनु नै तपाईंलाई बिवादित बनाउनु सरह भएको भन्दै कार्तिक ७ गते बुधबार उनले हवल्दार यादवको कमान्डमा आधा दर्जनभन्दा बढी घुमुवा प्रहरीलाई गोप्य तरिकाले पुनः गठन गरेपछि दिउँसो एक स्थानीयले फोन गरी उनलाई कुनै पनि हालतमा घुमुवामा नराख्न सुझाव दिए । र, उनले आएको सुझाव लाई राम्रोसँग बुझ्ने प्रयास गरें र बुझे पनि । लगत्तै, उनलाई सादा पोशाकमा खटाउने निर्णयमा एसपी राठौर पुनः बिचार गर्न तर्फ लागे । त्यसपछि राठौरले तत्कालै हवल्दार यादवलाई सादा पोशाकको जिम्मेवारीबाट हटाए र मोबाईल गाडीको जिम्मेवारी दिए । त्यसपछि एसपी साब म संग नेगेटिभ भएको र एक , दुई वटा छिटफुट काम गरेर देखाए काम गरेको जस्तो पनि हुने र घुमुवामा समेत राख्न सक्ने भन्दै उनैको सेटिङ्गमा गत, कार्तिक १० गते शनिबार राती बिरगंजबाट काठमाडौंं तर्फ जाँदै गरेको अल्फाबेट नम्बर खुल्न नसकेको ६५४४ वा ४४६५ नम्बर कुनै मध्य एउटा गाडीमा झन्डै ८ लाख मूल्य बराबरको पटका भित्र्याइयो । लगत्तै हवल्दार यादवले एसपी कहाँ राती नै पुगेर ठूलो मात्रामा पटाका आएको खबर आफूलाई प्राप्त भएको र त्यसलाई जसरी पनि पक्राउ गर्ने अनि आफूले काम देखाउने र हजुरलाई सफल समेत बनाउने भन्दै विश्वास दिलाइ मोबाइल गाडीसमेत लिएर गए । त्यतिबेलासम्म एसपी राठौर उनको योजना प्रति अनभिज्ञ नै थिए । त्यसपछि एसपी राठौरले पनि घुमुवा यादवको कुरामा विश्वास गरी राम्रोसँग समन्वय गरी काम गर्न तत्काल प्रहरी चौकी रामनगरका सई गगन बहादुर शाहीसँग संयोजन गर्न आदेश समेत दिए । आदेश आएलगत्तै रातीको अन्दाजी साँढे १३ बजेको समयमा प्रहरी चौकी रामनगर नजिक एउटा गाडी रोकिएको अवस्थामा फेला पर्‍यो । फेला परेको उक्त गाडीमा प्रहरी प्रवेश गरी चेकजाँच समेत गर्‍यो । चेकजाँच गर्ने क्रममा सिभिलमा खटिएका घुमुवा हवल्दार उपेन्द्र यादव नै थिए । त्यसपछि पक्राउ गरिएको ८ बोरा पटाकासहित व्यापारी रुबेल अग्रवाललाई भन्ने ९रुबेल गुप्ता० लाई नारायणगढस्थित पुल्चोकमा ल्याइयो । पुल्चोक ल्याए लगत्तै हवल्दार यादवले व्यापारी रुबेल अग्रवाल भन्ने सँग झन्डै ५ लाख रूपैयाँको बार्गेनिङ समेत गरेको खुलासा हुन पुग्यो । ८ लाखको पटाकामा ५ लाख रूपैयाँ नै घुमुवा प्रहरीले नै माग गरेपछि व्यापारी रुबेलले दिन नसक्ने भन्दै यसका लागि पटाकाका मुख्य साहु रक्सौलका वीरेन्द्र पट्टेलसँग सोध्नुपर्ने भन्दै सोही अनुसारको जवाफ समेत फर्काएको खुल्नमा आएको छ । रुबेल र व्यापारी वीरेन्द्र पट्टेलको बीचमा टेलिफोन वार्ता भइसकेपछि अन्त्यमा ५ लाखबाट २ लाख रूपैयाँमा सहमति हुन पुग्यो । हवल्दार उपेन्द्र यादवले आफुसँगै रहेका अन्य घुमुवाहरूलाई १० हजार रूपैयाँ बाँडचूँड गरेर दिने जानकारी समेत गराए । र, ती घुमुवा कोको हुन यो समाचार तयार पार्दा सम्म खुल्न सकेको छैनन् । यो बीचमा घुमुवा हवल्दार उपेन्द्र यादवको सम्पूर्ण कुरा चितवनका एसपी राठौर र डिआइजी दीपक कुमार थापा कहाँ समेत पुगेपछि अन्ततः प्रहरी टोलीले नै घुमुवा यादवलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको क्वाटरगार्डमा थुन्यो । थुनामा रहेका यादव लाई अहिले आवश्यक अनुसन्धान र बयानका लागि भन्दै आइजी सचिवालयको निर्देशनमा ३ नम्बर प्रदेश कार्यालय हेटौँडाको दंगा प्रहरी गणमा ल्याइएको छ । भने चेकजाँचका क्रममा उक्त गाडीमा ८ बोरा पटाका बरामद भयो । पटाकासहित व्यापारी रुवेल अग्रवाल पनि पक्राउ परे । घुमुवा हवल्दार यादवले आफू गएको मोबाइल गाडी जिल्लामा नै फिर्ता समेत गरिदिए ।
काम देखाउने नाममा रक्सौलका व्यापारी वीरेन्द्रसँग सेटिङ गरेरै घुमुवा यादवले उक्त पटाका पक्राउ नपर्ने विश्वास दिलाएपछि रुबेल अग्रवालमार्फत् उक्त पटाका काठमाडौँका लागि लग्ने क्रममा चितवनमा उक्त घटना घटेको हो । हवल्दार उपेन्द्र यादव लामो समयदेखि चितवनमा घुमुवाका रूपमा परिचालित थिए ।
यसअघि पनि उनी ज्यादै बदनाम भएका घुमुवा प्रहरी हुन् । यस अघि सर्लाहीमा हुँदा समेत घुस काण्डमा परेपछि उनले नसिहेत समेत पाएको प्रहरी स्रोतले बताएको छ । तीन नम्बर प्रदेशले निकालेको सरुवा अन्तर्गत रामेछाप पुगेका उनी ३ महिनामा नै जिल्ला प्रहरी कार्यालय चितवन फिर्ता भई घुमुवाका रूपमा परिचालित भएका थिए । विडम्बना सरुवा भएको ३ महिनामा नै उनलाई प्रदेश प्रहरी कार्यालयले किन चितवनमा आउन सहमति दियो भन्नै प्रश्न पनि गम्भीर रूपमा उठेको छ ।

दरबन्दीमा जानू नपर्ने भाग्यमानी यी प्रहरी अधिकृतलाई कस्ले छुने ?

३ नम्बर प्रदेश प्रहरी कार्यालयका कर्मचारी प्रशासन शाखाका सई प्रकाश खत्री र प्रशासनकै सई चन्द्रकिशोर साह समेतलाई प्रभावमा पारी दुर्गममा सरुवा भए पनि पुनः सम्बन्धित जिल्लामा नै फर्काउने गर्दैआएका छन् । घुमुवा मात्रै नभइ अन्य दर्जाका प्रहरीहरू पनि सरुवा भएको एकाध महिनामा नै पुनः घरपायक देखि आफू कार्यरत रहिरहेको कार्यालयमासम्म फर्किरहेका छन् । यस्को पछिल्लो उदाहरण होस्( मुद्दा फाँटमा कार्यारर्त ४ प्रहरी ।
लामो समयदेखि मुद्दा फाटमा नै कार्यारर्त सइ शैलेन्द्र खड्का, प्रहरी हवल्दार बिष्णु मल्ल, प्रहरी जवान बिष्णु पौडेल र असइ पुर्ण बहादुर बस्नेतको दरबन्दी जिल्लामा छैनन् । खड्काको दरबन्दी ईलाका प्रहरी कार्यालय पाण्डोन कैलाली भए पनि उनी सहित पौडेल र मल्लले लामो समयदेखि जिल्लामा एकछत्र राज गर्दैआएका भाग्यमानी प्रहरी हुन् । यस अगाडी ईलाका प्रहरी कार्यालय कपिलवस्तु बाणगंगामा दरबन्दी परेको भएपनि रवाना नबुझेका खड्का बितेको दस बर्ष देखी मुद्दा फाँटमा रजाइँ गरेर बसेका छन् । मुद्दा फाँटलाई आफैं पनि एउटा कमाउ अड्डाका रूपमा लिइन्छ तैपनि लामो समयदेखि तोकिएको दरबन्दीमा नगई कमाउ अड्डाको भुमिका निर्वाह गर्दै आएका छन् । यसअघि उनको तीन ठाउँमा सरुवा त भयो तर, चितवनको मुद्दा फाँटमा नै बस्न किन रुचाए भन्ने बिषय गम्भीर हुन पुगेको छ । त्यस्तै, हवल्दार मल्ल पनि दरबन्दीमा नगएको दस बर्षभन्दा बढी भयो तथापी उनलाई पनि अझै हटाइएको छैनन् । भने, चितवन जिल्लामा नै बसी उनी मिसनमा सिफारिस समेत पर्ने भाग्यमानी हवल्दार हुन् । प्रहरी जवानदेखी चितवनमा नै रहेका उनी हवल्दार भएपछि पदस्थापन भइसक्दा समेत अझैसम्म दरबन्दीमा जानू परेका छैनन् । सबैलाई रवाना दिने कार्यालय प्रमुखले जिल्लामा एकछत्र राज गर्ने खड्का जस्ता आधा दर्जन प्रहरी कर्मचारीलाई किन दरबन्दीमा पठाएनन् ? त्यो आश्चर्य भएको छ ।

बिवादित बन्दै घुमुवा प्रहरी , सुन्दैन चितवन प्रहरी ?
उता, ईलाका प्रहरी कार्यालय रत्ननगरका हवल्दार नारायण कुँवरको समेत अशुली धन्दा दुई गुणाले वृद्धि भएको छ । उहींं समय ३ नम्बर प्रदेशका तत्कालीन एआइजी केशरीराज घिमिरेले धेरै नै गुनासो आएपछि हवल्दार कुँवरलाई जिल्लामा थन्क्याएको थियो । यद्यपि, एआइजी घिमिरेको अवकाशसंँगै उनले खोलेसिमलको इन्चार्ज पाउन सफल भए र अहिले पुनः टाँडीका डिएसपी दयानिधी ज्ञवालीको मन जिती घुमुवामा बस्न उनी सफल भए । उनको जिम्मेवारी भनेकै अपराध न्यूनीकरण भन्दा पनि अशुली हो । उनले अहिले जयमंगला, जुटपानी, जिरौना क्षेत्रसम्म पुगी असुली धन्दालाई तीव्रता दिएका छन् । तर, जिम्मेवारको अख्तियारी पाएको निकाय प्रहरी मुख्यालयले भने अनुसन्धान प्रक्रियालाई गम्भीरतापूर्वक रूपमा अघि बढ्न सकेको छैनन् । जस्ले गर्दा यतिबेला घुमुवा प्रहरीहरु जिल्लामा एकछत्र राज गर्दैआएका छन् । आर्थिक काण्डमा नलाग्न, स्वच्छ भइ काम गर्न चितवनका एसपी राठौरले बारम्बार आदेश त दिन्छन् । तर, टेर पुच्छर लगाउदैनन् । क्राइमको नामाकरण गरी घुमुवामा खटाइएका अधिकांश प्रहरीहरु यतिबेला रकम उठाउन तल्लीन भईरहेका छन् । त्यस्तै, सिताराम प्रहरी चौकी दरबन्दी भइ हाल जिल्लाको मोबाईल गस्तीमा हिंड्ने गरेका भनिएका प्रहरी जवान निशान लामिछानेको आर्थिक काण्डका कारण यहाँका स्थानीय सबैभन्दा बढी आजित भएका छन् । चोरी नियन्त्रणका लागी भन्दै अघिल्लो कार्यालय प्रमुखले उनलाई घुमुवाका रूपमा परिचालन गरेपनि उनको ध्यान चोरी नियन्त्रणमा भन्दा पनि अशुली धन्दामै सिमित हुँदा स्थानीय पीडित भएका हुन् । कसरी हुन्छ स्थानीयलाई दु;स्ख दियौं र अशुली गरौं भन्ने नै उनको प्रमुख जोड देखिएको छ । यस अघि जिल्लामा हुँदा बदनाम भएपछि इलाकामा पठाइएको थियो उनी त्यहाँ पनि सुध्रिएनन् । त्यसपछि उनलाई दरबन्दीमा नै फिर्ता गर्न भनी गृहबाट नै परिपत्र समेत हुन पुग्यो । तर, रवाना लिन भने हिच्किचाए । त्यस्तै, लोथर प्रहरी चौकीमा हुँदा अत्यन्तै गन्हाएका कारण त्यहाँबाट जिल्ला तानिएका असई नरेश श्रेष्ठ समेत जिल्लाभरकै बिवादित प्रहरीमध्य एक हुन् ।