चितवनमा प्रहरीको सक्रियता बढदै

एघार जुवाडे र एक किलो चरेश सहित गुरुङ पक्राउ ।

चितवन , १३ कार्तिक । चितवन प्रहरीले झन्डै एक लाख नगद सहित एघार जना जुवाडेलाई आइतबार राती भरतपुरबाट पक्राउ गरेको छ । भरतपुर महानगरपालिकाको वर्डा नम्बर १३ स्थित चिन्ताहरण रेष्टुरेन्टमा पैसाको बाजी सहित हारजित हुँदै कौडा र जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा एसपी सुशीलसिंह राठौरबाट खटिएको प्रहरीको विशेष टोलीले १६ थान कौडा, ३ बुक तास र १ लाख ११ हजार ९ सय ५ रुपैयाँ नगद सहित आइतबार राती पौने १२ बजे उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ । पक्राउ परेकाहरुलाई मुलुकी ऐन, २०७४ अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उता, जिल्लामा एसपी सुशील सिंह राठौरले कार्यभार सम्हाले लगत्तै जुवाडेहरुको भागाभाग नै मच्चिएको छ । जुवाडे स्वयंले समेत उनलाई प्रभाव पार्न नाम चलेका जुवाडेहरुले निक्कै कोशिस गरे भने उनकै कार्यकक्षमा नै पुगे तर, एसपी राठौरले पदको दुरुपयोग गरेनन् । पैसा भनेपछि महादेवको पनि तीन नेत्र हुन्छ भन्छन् तर एसपी राठौर त्यस्ता पात्र हुन् स् लाइन मिलाउन आउनेलाई समेत अनुहार नै नहेरी कार्वाही गर्छन् । भने प्रभावमा पार्न आउनेलाई थुनिदिनेसम्मको चेतावनी समेत दिन्छन् । जस्ले गर्दा जिल्लामा जुवाडेहरुको भागाभाग नै सुरु भएको छ । यस्तै, एसपी राठौरले जुवा खेल्नु र खेलाउनु दुबै अपराध भएको, यस्ले घरपरिवारका साथसाथै समाजलाई समेत नकारात्मक दिशातर्फ धकेल्ने र यसलाई कानुनले नै बन्देज पारेको हुनाले यस्तो गतिविधिमा नलाग्न जिल्लाबासीलाई अपिल गर्दैआएका छन् । भने, चितवन जिल्लालाई सुरक्षित र शान्त चितवन बनाउन ९थ्रि एस० अपरेशन घक्९ इउभचबतष्यल ९क्भबचअज, क्धभभउ बलम क्अचभभलष्लन० संचालन गरेको बताउदै एसपी राठौरले कानुनले निषेध गरिएको कुनै पनि क्रीयाकलाप हुन गएको हुँदै गरेको पाइए तत्कालै सूचना दिएर सहयोग गरिदिन समेत जिल्लाबासीमा अपिल गर्दै आएको छ ।

लागुऔषध चरेश सहित एक जना पक्राउ ।
यता, चितवन प्रहरीले प्रतिबन्धित लागु औषध सहित एक जनालाई सोमबार बिहान मुग्लिङ्गबाट पक्राउ गरेको छ । सोमबार बिहान नौ बजेको समयमा इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिङ्गबाट चेकजाँचको क्रममा बा। २०। च। ३००६ नम्बरको गाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ केजी १३४ ग्राम चरेश सहित इच्छाकामना गाउँपालिका वर्डा नम्बर ४ बस्ने बर्ष २१ को आकाश गुरुङलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । गुरुङलाई पक्राउ गरी लागू औषध नियन्त्रण ऐन २०३३ अन्तरगत दर्ता गरि अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनलरका एसपी सुुुशील
सिंह राठौरले बताएका छन् ।