कोठामा बोलाएर किशोरीमाथि बलात्कार गर्न खोज्ने पुगे प्रहरी खोरमा
८ कात्तिक, काठमाडौं । एक किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी ति किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पारिवारिक चिनजानसमेत रहेकी ति किशोरीलाई युवकले आफ्नो कोठामा बोलाएका थिए । तर कोठामा उनले यौन दुर्व्यवहार गरेपछि किशोरीका परिवारले कालिमाटी वृत्तमा उजुरी दिएका हुन् ।
त्यसै आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । ‘घटना (बलात्कार) भएको छैन, तर केटाको गलत इन्टेन्सन (मनसाय) देखिन्छ’ एक प्रहरी अधिकारीले भने । ति युवकविरुद्ध प्रहरीले करणी उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।